भारत / भारतको एक बिद्यालयका ६० वर्षे प्रिन्सिपल र २८ वर्षे शिक्षिका बीच चक्कर चलेसँगै भगाएर ल्याए नेपाल ल्याएका छन्।
भारतको बिहार, मुजफ्फरपुरका ६० वर्षीय राकेश साहले एक विद्यालय संचालन गरेका थिए। सो विद्यालयमा उनी प्रिन्सिपल थिए। सोहि विद्यालयमा २८ वर्षीया शिक्षिका शाइस्ता परवीन पनि कार्यरत थिइन्।
राकेश हिन्दु हुन् भने परवीन मुस्लिम हुन्। ४ सन्तानका बुबा र नाति-नातिनाका हजुरबुबा भएका राकेश र शाइस्ता बीच प्रेम सम्बन्ध सुरु भयो। एक-अर्का नभई बाँच्नै नसक्ने भएपछि दुवै भारतबाट भागेर नेपाल आए र विवाह गरे।
सामाजिक संजालमा आहिले यो विवाहको खबर चर्चामा छ। विवाहको फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि केटीका माइती पक्षले राकेश साहविरुद्ध अपहरणको मुद्दा दर्ता गराएका छन् तर यो जोडीले भने भिडियो सार्वजनिक गर्दै आफूहरूले राजीखुसीले विवाह गरेको र “प्रेमको कुनै उमेर नहुने” बताएका छन्।









