नेकपा एमाले कास्की जिल्ला इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु भएको छ । उनलाई हृदयघात भएर पोखराको मणिपाल शिक्षण अस्पतालमा लगिएको थियो । मनिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा उन्को निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
पाटीको कास्की कमिटीले राखेको चुनावी समीक्षा बैठकमा बोल्दाबोल्दै थापा ढलेका थिए । उनी २०५४ सालमा पोखराको मेयर, २०७४ सालमा गण्डकी प्रदेश सभा सदस्य थिए भने २०७९ मा उनी पोखराको मेयर पदको निर्वाचनमा पराजित भएका थिए ।
यसपटकको चुनावमा पनि थापाले नै टिकट प्राप्त गरेका थिए । तर, पछि त्यही टिकट रश्मी आचार्यलाई दिइएको थियो । कास्की जिल्ला कमिटीका पूर्वअध्यक्ष थापा जेनजी आन्दोलनपछिको एमालेको महाधिवेशनमा पनि केन्द्रीय सदस्य बनेका थिए ।
३च्भकगतिध्ष्तजइप्









