नेपालगन्ज/तुलसीपुर उपमहानगरपालिका दाङका नगर प्रमुख टिकाराम खड्काले खरिद नीतिको प्रावधानले योजनामा गुणस्तरीयता नआउने बताएका छन् ।
पालिकाको चाल् आर्थिक बर्षको अर्ध बार्षिक सार्वजनिक सुनुवाई कार्यक्रममा नगरबासिहरुको प्रश्नको जवाफ दिदै नगर प्रमुख खड्काले खरिद नीतिले घटाघट मुल्यलाई मान्यता दिदा अपेक्षा अनुसारको गुणस्तरीयता नआउने गरेको बताए । उनले विकास निर्माणको गुणस्तरीयताका लागि खरीद नीतिलाई परिमार्जन गर्नुपर्नेमा उनको जोड थियो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मा बास नेपालको सहजिकरणमा सम्पन्न सुनुवाईले ५ बुदें साझाँ सार्वजनिक प्रतिबद्धता घोषणा गरेको छ । यसरी गरिएका प्रतिबद्धताहरुमा पालिकाले बार्षिक रुपमा लिएको राजश्व संकलन लक्ष्य भन्दा कम संकलन भएको पाईएकाले करदाता शिक्षाका कार्यक्रम सञ्चालन गर्ने, पालिकाका क्रियाकलापहरुमा अनलाईन प्रविधिलाई जोड दिने, लक्षितबर्ग उत्थान कार्यक्रमलाई समयमा प्रभावकारी र पारदर्शि रुपमा सम्पन्न गर्ने, पालिकाको सुचना प्रणालीलाई थप प्रभावकारी बनाउदै लैजाने, पालिकाभित्र सञ्चालित योजनाको दिगोपनामा ध्यान दिने, योजनाको प्रभावकारी अनुगमनलाई थप प्रभावकारी बनाउदै लैजाने, कृषिमा ब्यवसायीकरण र यान्त्रिकरणलाई प्राथमीकिकरणमा राखेर काम गर्ने, रासायनिक मलको सट्टामा बैकल्पीक मल उत्पादनलाई प्रोत्साहन गर्ने, पालिका र मातहतका वडाहरुमा निर्माण हुने सबै संरचना अपाङ्गमैत्री बनाउने प्रतिबद्धता गरिएको छ ।

सेवा प्रदायक निकाय र सेवाग्राहीहरुको बिचमा झण्डै ३ घण्टा सम्म चलेको दोहोरो सम्बाद मार्फत उठेका प्रश्न तथा जिज्ञासाको समाधान सुनुवाईमा प्रमुख जवाफदेहि बक्ताको रुपमा आसिन नगर प्रमुख टिकाराम खड्का, नगर उपप्रमुख स्यानी चौधरी, प्रमुख प्रशासकिय अधिकृत केशवराज पार्धे, वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरुले दिएका थिए ।

बास नेपालका जन सम्पर्क अधिकृत माधब कुमार कार्कीले सहजिकरण गरेको सुनुवाईमा स्वागत तथा सुनुवाईको उद्धेश्यमाथि प्रकाश वडा नम्बर ७ का अध्यक्ष राम बहादुर जि.सीले गरेका थिए । सुनुवाईको शुरुवातमा उपमहानगरपालिकाले आर्थिक बर्ष २०८२/०८३ को अर्ध बार्षिक प्रगति प्रश्तुतीकरण योजना बजेट अनुगमन तथा मूल्यांकन शाखा प्रमुख रमा खड्काले गरेका थिए । भने सार्वजनिक सुनुवाई गर्नुपूर्व गरिएको नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमतको नतिजा घोषणा बास नेपालका निर्देशक हेमराज भट्टले गरेका थिए ।

घुम्ति सार्वजनिक सुनुवाईको अवधारणामा सञ्चालन भएको दोश्रो सार्वजनिक सुनुवाई वडा नम्बर ४,५,६ र ७ नम्बर क्षेत्रलाई समेटेर वडा नम्बर ७ मा सम्पन्न भएको हो । सुनुवाईमा प्रमुख जवाफदेहि बक्ताको रुपमा नगर प्रमुख टिकाराम खड्का, नगर उपप्रमुख स्यानी चौधरी, प्रमुख प्रशासकिय अधिकृत केशवराज पाध्रे, वडाका अध्यक्षहरु, कार्यपालिका सदस्य, पत्रकार, विभिन्न कार्यालयका प्रमुखहरु, टोल बिकास संस्था, बजार ब्यवस्थापन समिति र आम नागरिक गरी दुईसय बढीको सहभागिता रहेको थियो । सुनुवाईमा स्मृती तिमिल्सिनाले दोभासेको जिम्मेवारी सम्हालेकी थिइन् । सुनुवाई चैत्र २ गते सम्पन्न भएको थियो ।









