खोटाङमा हेलिकप्टर दुर्घटना

असल शासन प्रतिनिधि

खोटाङ/ खोटाङमा एयर डाइनेस्टीको ९ एन-एएफक्यू हेलिकप्टर बुधबार ११ बजेर ५१ मिनेटमा दुर्घटनाग्रस्त भएको छ।

दुर्घटनामा एक जना सामान्य घाइते भएका छन् र उनलाई काठमाडौं ल्याइएको छ।

हेलिकप्टरमा पाँच जना यात्रु थिए, जसमा नागमणि राई र उनका परिवारका सदस्यहरू पनि थिए। उनकी श्रीमती मनमछी राईको यूकेमा मृत्यु भएपछि अन्तिम संस्कारका लागि शव नेपाल ल्याइएको थियो ।

हेलिकप्टरमा नागमणि राई सहित उनका छोरा बालकुमार राई, छोरी सम्झना राई, आफन्त लक्ष्मी राई र काजीबहादुर राई सवार थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पनि काठमाडौंबाट खोटाङ उडेको उक्त हेलिकप्टर अवतरण गर्ने क्रममा पल्टिएर दुर्घटनामा परेको जनाएको छ । एक जना सामान्य घाइते हुनु बाहेक चालक दल र अन्य यात्रुहरू सुरक्षित रहेको क्यानले जारी गरेको सूचनामा छ । घाइते काजीबहादुरलाई कम्पनीको अर्को हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइसकेको पनि क्यानले उल्लेख गरेको छ ।

  • ४ चैत्र २०८२, बुधबार प्रकाशित

  • Nabintech