नेपालगञ्ज/ नेपाल रेडक्रस सोसाईटी नेपालगञ्ज उपमहानगरपालिका तदर्थ समिति गठन भएको छ ।
समितिको अध्यक्षमा पुरैनी उपशाखा अध्यक्ष शिव कुमार सर्वसम्मत चयन भएका छन् ।
नेपाल रेडक्रस सोसाईटीको संसोधिन बिधान २०८२ बमोजिम सबै पालिका तहमा शाखा बिस्तार गर्ने व्यवस्था भए बमोजिम नेपालगञ्ज शाखा तदर्थ समिति गठन भएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकामा रहेका ७ वटा उपशाखा घरवारी टोल, सदरलाईन, बेलासपुर, पुरैनी, बाँके बगिया, मनिकापुर र पिप्रहवालाई एकिकृत गर्ने गरि नेपालगञ्ज शाखाको तदर्थ समिति गठन गरिएको हो ।
गठित तदर्थ समितिको सचिवमा चित्र बहादुर केसी, कोषाध्यक्ष धनिसरा थापा, सदस्यहरुमा बिरेन्द्रमान श्रेष्ठ, सुरेन्द्र कुमार श्रेष्ठ, श्यामबिहारी गुप्ता लखेर र डिल्लिराज रेग्मी चयन भएका छन् ।
तदर्थ समिति गठनमा बाँके शाखाका पदाधिकारी, कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
तदर्थ समितिले पालिका स्तरको अधिबेशन गरि उपमहानगर समिति गठन गर्नेछ ।









