बास नेपालद्धारा सञ्चालित अभियान र परियोजनाको प्रभावकारिता

हेमराज भट्ट

समाजमा बिद्यमान बिकृती बिसंगती बिरुद्ध सशक्त आवाज प्रवाह गर्ने उद्धेश्यले आज भन्दा २५ बर्ष अगाडी स्थापना गरिएको बागेश्वरी असल शासन क्लब (बास नेपाल) अहिले आएर सुशासनको पर्याय बन्न सफल भएको छ ।

सुशासन र जवाफदेहिताको खडेरीमा आशाको दियो बाल्र्द आफ्नो कार्य प्रारम्भ गरेको बास युवा अवस्थामा आउँदा सबैको आसा र भरोसाको केन्द्र बन्न सफल भएको छ । बास नेपाल समाजका लागि एउटा संस्था मात्रै नभएर समाजमा भइरहेको गलत र अनैतिक कार्यका बिरुद्ध आवाज प्रवाह गर्ने हजारौं नेपालीहरुको सहयात्री समेत बनेको छ । बास नेपालको अभियान भ्रष्टाचार गर्नेहरुले कुम्ल्याएको रकम खोस्न आवाज प्रवाह गर्ने थियो जुन अत्यन्तै कठिन थियो तर पनि सत्य मार्ग हो भने कठिन यात्रामा पनि साथ र सहयोग पाइन्छ भनेझै ग्रामिण क्षेत्र देखि शहर सम्मका युवाहरु संस्थाको उद्धेश्य मन पराएर समाज सुधारको अठोटका साथ यसरी आबद्ध भए की संस्थाको उद्धेश्यमा तगारो बनेकाहरु आँखा उठाएर हेर्न समेत नसक्ने अवस्थामा पुगे र अगाडी बढ्यो निडर र निरन्तर रुपमा बास ।

समाजमा भएका बेथितिको एउटा मात्रै अचुक उपाय भनेको हरेक ब्यक्तिको नैतिकता र ब्यवहार स्वच्छ हुनु हो भन्ने कुरा राम्रोसँग बुझेको बास नेपालले हरेक घरघरबाट युवाहरु अग्रसर हुनुपर्छ भन्ने अभियान अगाडी बढाउदै देशका ७७ वटै जिल्ला ७ वटै प्रदेशका सयौं स्थानीय तहहरुमा स्पनदनशिल युवा जमात तयार गरी देश ब्यापी सञ्जाल विस्तार गर्न सफल भयो । कुनै पनि संस्थाको दिगो पनाका लागि त्यसको जग बलियो हुनुपर्छ भनेझै देशभरीका युवाहरुको आधारले बास भरभराउँदो हुँदै अगाडी बढ्यो ।

समयको परिवर्तनसँगै आफ्ना अभियान र कार्यक्रमलाई थप मजबुदीका साथ ग्रामिण क्षेत्रसम्म फैलाउन अभियानसँग मिल्दा जुल्दोे परियोजना तथा कार्यक्रम सञ्चालन गर्नु आवश्यक ठानेको बास स्थापनाको पहिलो दशक अभियान, पैरबीमा र समन्वय सहकार्य मजबुदीमा केन्द्रीत रह्यो । बास नेपालको मुख्य उद्धेश्य सुशासन प्रवद्र्धनलाई ध्यानमा राखि समाज भित्रका हरेक क्षेत्रमा जवाफदेहिता र पारदर्शिता कायम गर्न सञ्जाललाई थप सशक्त बनाउदै आन्तरीक र बाह्य श्रोत मार्फत कार्य गर्न थाल्यो । आन्तरीक श्रोत अन्तरगत सञ्जाल विस्तार, युवाहरुको क्षमता अभिबृद्धी तथा सिप विकास र सार्वजनिक चासोका बिषयमा पैरबी मुख्य रहे भने बाह्य श्रोत अन्तरगत विभिन्न सरकारी निकाय, अन्तराष्टिय गैरसरकारी संस्था, नीजि क्षेत्रसँगको सहकार्यमा विभिन्न परियोजना केन्द्रीत कार्यक्रम अगाडी बढायो ।

समयानुकुल परिवर्तन हुदै अगाडी बढ्नु समयको माग भएको कुरालाई राम्रोसँग मनन् गरेको संस्थाले सञ्जाल मार्फत देशब्यापी रुपमा भ्रष्टाचार बिरुद्ध अभियान निरन्तर सञ्चालन गरिरह्यो भने दर्जनौ निकाय तथा संस्थासँग मिलेर कार्यक्रम तथा परियोजना सञ्चालन गर्दै अगाडी बढ्यो । बास नेपालले सुशासन तथा जवाफदेहिता कार्यक्रम अन्तरगत स्थानीय तहहरुको सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण तथा जनप्रतिनिधिहरु र कर्मचारीहरुको क्षमता अभिबृद्धीका तालिमहरु निरन्तर सञ्चालन गर्दै आएको छ । स्थानीय सरकारले गरेका गतिविधिहरुलाई पारदर्शि रुपमा सार्वजनिकीकरण गर्ने तथा स्थानीय सरकारलाई आम नागरिक प्रति जवाफदेहि बनाउने र स्थानीय सरकारले गरेका कार्यहरुको समिक्षा गर्दै पृष्ठपोषण लिने उद्धेश्यले गरिरहेको यस्ता कार्यक्रममा सेवा प्रदायक निकाय र सेवाग्राही बिचमा बलियो सम्बन्ध स्थापीत भई सार्वजनिक सेवा प्रवाहमा प्रभावकारीता आएको छ भने स्थानीय सरकारले कार्य सम्पादन मूल्यांकनमा समेत टेवा पुगेको छ ।

बास नेपालले हाल सम्म ६५० बढि सार्वजनिक सुनुवाई, ५२ बढि सार्वजनिक परिक्षण, ६०० बढि सामाजिक परिक्षण कार्यक्रम सहजिकरण गरिसकेको छ । यस कार्यक्रमले बास नेपाललाई सरकार र आम नागरिकहरुसँग नजिक रहेर कार्य गर्ने अवसर प्रदान गरेको छ । तत्कालीत स्थानीय निकायको नीति नियमलाई लक्षित बर्ग केन्द्रीत बनाउन, जवाफदेहिता अभिबृद्धि गर्न २००५ देखि २००६ सम्म केयर नेपालको सहयोगमा बाँके जिल्लामा नीति पैरबी अभियान (प्याक २) सम्पन्न गरेको थियो । संस्थाले सुशासनका अलवा सामाजिक सचेतना जगाउने, नागरिक सशक्तिकरण अभिबृद्धि गर्ने क्रमलाई अघि बढायो ।

जस अनुरुप २००६ र २००७ मा टेवा काठमाण्डौंको सहयोगमा महिला आत्मसुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको थियो । सोही बर्ष जनस्वास्थ्य कार्यालय, आड्रा नेपाल, एक्सनएड नेपाल, नेपाल रेडक्रस सोसायटी, जिआईजेड लगायतको सहयोग तथा सहकार्यमा बाँके, रुकुम र बर्दिया जिल्लामा एचआइभि एड्स नागरिक सचेतना अभियान सञ्चालन गरेको थियो । अपांगता भएका ब्यक्तिहरुको सशक्तिकरण तथा अपांगता सम्बन्धी सञ्चार पैरबी गर्ने उद्धेश्यले २००७ देखि लामो समय युरोपियन कमिसन, राष्ट्रिय अपांग महासँघ नेपाल र डेक नेपालको सहकार्यमा अपांगता सरोकार रेडीयो कार्यक्रम उत्पादन गरि विभिन्न स्थानीय एफएमहरुबाट प्रशारण गरिएको थियो भने परिवर्तन नामक बुलेटिन प्रकाशन गरिएको थियो । यसले अपांगता अधिकार र अपांगता सशक्तिकरणमा महत्वपूर्ण टेवा पुगेको थियो ।

नेपाल सरकारले देश ब्यापी अभियानको रुपमा अगाडी बढाएको पूर्ण सरसफाइ अभियान सञ्चालन गरी समुदायलाई सरसफाई युक्त बनाउन अभियान सञ्चालन संस्थाको अर्को महत्वपूर्ण कार्यक्रम थियो । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को सहयोगमा बाँकेको राधापुर गाविस लगायत स्थानमा Community Led Total Sanitation Program, Media Campaign कार्यक्रम गरिएको थियो । हाल बाँके जिल्ला खुला दिशामुक्त छ । बाँकेको पहिलो खुला दिशामुक्त टोल बाँकेको सितापुरको राई टोल हो, दोश्रो न्याउलिडाँडा हो, न्याउलिडाँडालाई खुला दिशा मुक्त टोल नेवाको सहयोगमा बासले घोषणा गरेको हो । नेवाद्धारा सुर्खेतको विभिन्न स्थानमा सञ्चालीत करिब २०० बढी खोनपानी योजनाहरुको सामाजिक परिक्षण कार्यक्रम बास नेपालको सहजिकरणमा सम्पन्न भएका थिए ।

सन् २००६ देखि २०१० सम्म विभिन्न समयमा एक्सनएडको सहयोगमा राजनितिक दलभित्रको आन्तरीक लोकतन्त्रका लागि सार्वजनिक सुनुवाई, नागरिक सन्तुष्टी सर्भेक्षण र भ्रष्टाचार बिरुद्धका विभिन्न अभियानहरु सञ्चालन गरिएको थियो उक्त कार्यक्रमले राजनिति दलको आन्तरीक सुशासन र नागरिक सम्बन्ध बलियो बनाउन टेवा पुर्याएको थियो । उपभोक्ताहरुको हक अधिकार तथा कर सचेतनाका बिषयमा लामो सयमदेखि संस्थाले आन्तरीक राजस्व कार्यालय र बाणिज्य कार्यालयसँगको सहकार्यमा बाँके, बर्दिया, सुर्खेत लगायत स्थानमा सचेतना अभियान सञ्चालन गरेको थियो ।

संस्थाले २००९ देखि २०११ सम्म महिला तथा बालवालिका कार्यालय बाँकेको सहयोगमा बाँकेको फत्तेपुर गाउँविकास समितिका करीब ५० बढी द्धन्द्धप्रभावीत महिला तथा परिवारलाई आयआर्जन तथा जिविकोर्पार्जन सहयोग गरेकोे थियो । उक्त कार्यक्रम अन्तरगत प्रभावीत महिलाहरुलाई जिविकोपार्जनका लागि बाख्रा, कुखुरा, व्यवसाय सञ्चालनका लागि सहयोग गरिएको थियो । उक्त सहयोगले प्रभावित परिवारले द्धन्द्धलाई विर्सिदै सहज जिवनयापन तर्फ लैजान सहयोग पुगेको थियो ।
बाँके जिल्लाका युवाहरुको सशक्तिकरणका लागि सञ्चालीत युवा साझेदारी कार्यक्रम युवाहरुलाई एकजुट गर्ने र सशक्तिकरण गर्ने महत्वपूर्ण कार्यक्रमको रुपमा रहेको
थियो । युवा तथा खेलकुद मन्त्रालय अन्तरगत जिल्ला विकास समितिको सहयोगमा बास नेपालले करिब ५ बर्ष उक्त कार्यक्रम सञ्चालन गरेको थियो । यसैगरी शिप विकास तथा तालिम केन्द्रको सहयोगमा बाँके, बर्दिया, सुर्खेत लगायत जिल्लाहरुमा बिशेषगरी महिलाहरुको आयआर्जन र सिप बिकासका लागि बासले बिभिन्न तालिमहरु सञ्चालन गरेको थियो ।

सन् २०१० सम्म सरकारी निकाय तथा गैरसरकारी संस्थाहरुमा छोटो समयको साझेदारी गर्दै आएको संस्थाले यस पश्चात भने परियोजना केन्द्रीत भएर थप कार्य गरेको थियो । सन् २०११ देखि २०१२ सम्म १ बर्ष स्थानीय निकायका क्रियाकलापहरुमा लक्षित बर्ग बिशेष गरी महिला र आम नागरिकहरुको सहभागिता अभिबृद्धी गर्ने उद्धेश्यले सार्वजनिक सुनुवाई तथा गुनासो सुनुवाई कार्यक्रम सञ्चालन गरिको थियो । Local Governance Accountability Framework (LGAF) को सहयोगमा सञ्चालीत उक्त कार्यक्रम मार्फत बाँके जिल्लामा स्थानीय निकायहरुको क्रियाकलापका बिषयमा सार्वजनिक सुनुवाई गर्ने, नागरिक सन्तुष्टी सर्भेक्षणहरु गर्ने, आम नागरिकहरुका गुनासा संकलन गरि समाधानको पहल गर्ने लगायतका क्रियाकलाप गरिएको थियो । सन् २०१२ देखि करिब १ बर्ष नेपालगन्ज उपमहानगरपालिकामा PGRS Action Learning Project  सञ्चालन गरिएको थियो । प्रान सेसीको सहयोगमा सञ्चालीत उक्त परियोजना नेपालगन्ज उपमहानगरपालिकाको गुनासो सुनुवाईका केन्द्रीत थियो ।

उक्त कार्यक्रम सञ्चालन पश्चात नेपालगन्ज उपमहानगरपालिकामा गुनासो सुनुवाई संयन्त्र स्थापीत भई प्रभावकारी रुपमा काम गरिरहेको छ ।
सुशासन, जवाफदेहिता र पारदर्शिताका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिसकेको बास नेपाल २०१३ मा भ्रष्टाचार बिरुद्धको विश्वव्यापी संस्था ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपाल (टीआई) नेपालमा आबद्ध भएसँगै टीआई नेपालको सहयोगमा सदाचार र जवाफदेहिता कार्यक्रम सञ्चालन गरी बाँके जिल्लामा जवाफदेहिता प्रबद्र्धन गर्न आवश्यक कार्य गरेको थियो ।

छोटो समयको उक्त परियोजनाको प्रभावले बाँकेका स्थानीय निकाय लगायत सार्वजनिक सेवामा पारदर्शिता, इमान्दारीता र जवाफदेहिताका लागि राम्रा अभ्यासहरु शुरु भएका थिए । केही समय पछि पुनः टीआई नेपालको सहयोगमा सन् २०१४ देखि २०१७ सम्म ३ बर्षका लागि नेपालमा राष्ट्रिय सदाचार निर्माण परियोजना सञ्चालन भएको थियो । सार्वजनिक निकायमा जवाफदेहिता र पारदर्शिता कायम गर्ने उद्धेश्यले सञ्चालन गरिएको परियोजना अन्तरगत बाँके जिल्लामा स्थानीय निकायहरुमा नागरिक सहायता कक्ष सञ्चालन गर्ने, गुनासो सुनुवाई संयन्त्रलाई प्रभवकारी रुपमा अगाडी बढाउन गुनासो संकलन तथा ब्यवस्थापन र मोवाईल एलाक कार्यक्रम सञ्चालन गर्ने, सदाचार प्रबद्र्धनकालागि सचेतना मुलक वाल पेन्टींग, होडिंगबोर्ड राख्ने, विभिन्न सचेतना सामाग्री तयार गर्ने, रेडीयो तथा पत्र पत्रीकाका माध्यमबाट सदाचार र जवाफदेहिताका लागि रेडीयो जिंगल प्रशारण गर्ने, सरकारी कर्मचारीहरुको क्षमता अभिबृद्धी तथा कार्यालयमा सुशासन कायम गर्न अभिमुखिकरण छलफल सञ्चालन गर्ने, बिद्यार्थीहरु मार्फत सदाचारको सन्देस घरघरसम्म पुर्याउन बिद्यार्थी सचेतना कार्यक्रम, बिद्यालयहरुमा पुस्तकालय सहयोग, सामाजिक शिक्षकहरुसँग छलफल तथा साथि सहजकर्ता तयार गरी साथि शिक्षालाई अगाडी बढाउने कार्य भएको थियो ।

राष्ट्रिय सदाचार निर्माण परियोजना बाँकेमा सञ्चालन भए पछि बाँके जिल्लाका सरकारी कार्यालयहरुमा नागरिक सहायता कक्ष (हेल्प डेस्क) को शुरुवात भएको थियो भने उक्त कार्यक्रमको प्रभावले जिल्लाका करीब एक दर्जन सरकारी कार्यालयले सेवाग्राहीको सहयोगका लागि आफै हेल्पडेस्क सञ्चालनमा ल्याएका थिए जुन अहिले पनि निरन्तर छन् । उक्त परियोजना अन्तरगत गुनासो सुनुवाईका लागि मोवाइल एलाक कार्यक्रम सञ्चालन गरि बढी जनसरोकार राख्ने मालपोत, नापी, नगरपालिका, जिल्ला प्रशासन, जिल्ला विकास समिति, बिद्युत लगायत कार्यालयहरुमा गुनासो सुन्ने र समाधान गर्ने प्रणालीको विकास गरिएको थियो । उक्त कार्यक्रम पश्चात स्थानीय निकाय र सरकारी कार्यालयहरुले सेवा प्रवाहको सार्वजनिकिकरण र सुचना प्रकाशन प्रशारणमा उल्लेख्य सुधार गरेका थिए । सोही बर्ष संस्थाले सामाजिक जवाफदेहिताका लागि सार्वजनिक बित्त (पिएफएम) परियोजना बिश्व बैंक, प्रान सेसीको सहयोगमा सञ्चालन गरेको थियो । सार्वजनिक बित्त प्रणालीमा पारदर्शिता, समाबेशीता र जवाफदेहितालाई बलियो बनाउन सामाजिक जवलाफदेहिताका औजारहरुको प्रयोग गरिएको थियो । उक्त परियोजना पश्चात स्थानीय निकायहरुले आफ्नो बजेट सार्वजनिक गर्ने परिपाटिको विकास गरेका थिए ।

सामाजिक सद्भावका हिसाबले संबेदनशिल बाँकेमा सामाजिक सद्भाव र लोकतान्त्रीक सहभागिता अभिबृद्धीका लागि युएनडिपीको सहयोगमा सामाजिक सद्भाव तथा लोकतान्त्रीक सहभागिता परियोजना सञ्चालन गरिएको थियो । बाँकेको नेपालगन्ज उपमहानगरपालिका र नरैनापुर गाउँपालिकामा सञ्चालीत उक्त परियोजनाले स्थानीय निकाय, धर्मगुरु र समुदाय बिचमा सामाजिक सद्भावको सन्देस प्रवाह गर्दै सद्भावको शहरको रुपमा अगाडी बढाउन सहयोग पुर्याएको थियो । उक्त परियोजनाको परिणाम स्वरुप अन्तर धार्मीक सञ्जाल गठन भइ बाँकेमा रहेका सबै धर्मगुरुहरु एकजुट भएर धार्मिक सद्भावको सन्देस प्रवाह गरेको तस्विर राष्टिय तथा स्थानीय तहमा मुल धाराका सञ्चार माध्महरु मार्फत निकै महत्वका साथ प्रकाशन भएको थियो । उक्त परियोजना २०१६ देखि २०१७ सम्म सञ्चालन भएको थियो ।

नेपालमा तत्कालीन समयमा आएको परिवर्तन र देश संघियतामा गएसँगै संघियताको पहिलो निर्वाचनमा मताधिकारको अधिकतम प्रयोग र महिला सहभागिता र प्रतिनिधित्व बढाउन युएनडिपी इएसपीको सहयोगमा संस्थाले निर्वाचन सहयोग र मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो । स्थानीय महिलाहरुको नेतृत्व क्षमता विकास गर्ने र उनीहरुको निर्वाचनमा अर्थपूर्ण सहभागिता अभिबृद्धी गर्ने उद्धेश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको थियो भने मतदाता शिक्षा कार्यक्रम मार्फत मताधिकार के हो, कसरी भोट गर्ने भन्ने बारेमा जानकारी दिएर बदर मतको सख्या घटाउन सचेतना दिइएको थियो । उक्त कार्यक्रमले महिला सहभागिता र प्रतिनिधित्व बढ्नुका साथै निर्वाचनका बिषयमा रहेको भ्रमलाई चिर्न सफल भएको थियो । उक्त परियोजनाको सकारात्मक उपलब्धि भनेको निर्वाचनमा महिलाहरुको उम्मेद्धारी बढ्नु र निर्वाचित हुनु हो ।

यसैगरी युएनडिपीको सहयोगमा संस्थाले २०१७ र २०१८ मा सामाजिक सद्भाव तथा सामुदायिक सुरक्षा अभिबृद्धी कार्यक्रम सञ्चालन गरिएको थियो । बाँकेको नरैनापुर गाउँपालिका र रुपन्देहीको कोटहिमाई गाउँपालिक ार सिद्धार्थ नगरपालिकामा सञ्चालीत उक्त कार्यक्रम अन्तरगत स्थानीय निकाय, नेपाल प्रहरी, समुदाय र बिद्यालय लक्षित कार्यक्रमहरु सञ्चालन गरिएका थिए । समुदायबासि र सुरक्षा निकायको बिचमा रहेको भयलाई कम गर्न प्रहरी र समुदाय संवाद र छलफलले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

लामो अवधि र ठुला अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुसँगको सहकार्य गरिसकेको बास नेपालले स्थानीय तहहरुसँग नजिक देखि कार्य गरिरहेका कारण नेपालगन्ज उपमहानगरपालिकामा लामो समय देखि बाल संरक्षण र बालश्रम न्यूनीकरणमा कार्य गरीरहेको थियो उक्त अनुभव कै कारण २०१९ मा नेपालगन्ज उपमहानगरपालिकाको सहयोग तथा युनिसेफ नेपालको सहकार्यमा सञ्चालन हुने बाल संरक्षण कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रम अन्तरगत नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका बालवालिकाहरुको संरक्षण, बालश्रम न्यूनीकरणमा थप सशक्त रुपमा कार्य गर्ने अवसर प्राप्त गरेको थियो भने संस्था युएनएजेन्सीसँग जोडिएर कार्य गर्ने अवसर समेत प्राप्त गरेको थियो । उक्त कार्यक्रम पश्चात नेपालगन्जमा बाल संरक्षणका लागि सचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने, सरोकारवालाहरुसँग छलफल गर्ने, अन्तर देशीय छलफलहरुमा सहभागि भइ बाल संरक्षणका लागि सामुहिक योजनाका साथ काम गरेको थियो ।

नगरपालिका, वडाहरु र बिद्यालयहरुले बाल संरक्षणका लागि गरेको साझाँ प्रतिबद्धता कार्यक्रमको उपलब्धीको रुपमा रहेको थियो । सोही कार्यक्रमको निरन्तरता स्वरुप युनिसेफ र सिविस काठमाण्डौंको सहयोगमा नेपालगन्ज उपमहानगरपालिकामा विभिन्न तिन चरणमा गरी सामाजिक तथा ब्यवहार परिवर्तन कार्यक्रम सञ्चालन गरेको थियो । बाल संरक्षणका बिषयमा युवा स्वयम् सेवक परिचालन गरि घरदैलो मार्फत सचेतना अभिबृद्धी गर्ने, बालवालिकाहरुको तथ्यांक संकलन गर्ने, बाल संरक्षणको अपिल सहितको मेयर र वडा अध्यक्षको पत्र नगरबासिहरुसम्म पुर्याउने लगायतका कार्यक्रम उक्त परियोजनाका सफल कार्यक्रम थिए ।

हरेक सार्वजनिक निकायमा आउने सेवाग्राहीको सहायता गर्ने डेस्क भएमा सेवाग्राहीमैत्री ब्यवहार र सहयोग पुग्ने उद्धेश्यका साथ बास नेपालले नेपालगन्ज उपमहानगरपालिकाबाट नागरिक सहायता कक्ष हेल्पडेस्क कार्यक्रम सञ्चालन गरेको थियो । बास नेपालले सञ्चालन गरेको हेल्पडेस्कको प्रभावकारीता देखेर नेपालगन्ज उपमहानगरपालिकाले आफैले नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको थियो भने त्यसको प्रभावका कारण बाँकेको डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका, राप्तीासेनारी गाउँपालिका र पालिकामा वडाहरुमा समेत हेल्पडेस्क सञ्चालन भएको थियो । संस्थाले शुरुवात गरेको कार्यक्रम स्थानीय तहहरुले संस्थागत गर्नु कार्यक्रमको महत्वपूर्ण उपलब्धी थियो ।

बास नेपाल युवाहरुको सञ्जाल मार्फत देशव्यापी अभियान सञ्चालन गरिरहेको परिप्रेक्षमा २०१८ मा युनिसेफ नेपाललको सहयोगमा कर्णाली र सुदुरपश्चिम प्रदेशका १० वटा स्थानीय तहमा वालवालिका माथि हुने हिंसा र शोषण रोकथामका लागि प्रतिकार्य कार्यक्रम सञ्चालन गरेको थियो । कर्णालीको हुम्ला, मुगु, जुम्ला, कालिकोटा र सुर्खेत तथा सुदुरपश्चिमको कैलाली, कन्चनपुर, डोटी, अछाम, बाजुरामा उक्त कार्यक्रम सञ्चालन भएके थियो । कार्यक्रम अन्तरगत बाल अधिकारको प्रबद्र्धन, लैंगिक हिंसा न्यूनीकरण सम्बन्धी कार्यक्रमहरु सञ्चालीत थिए । नेपालमा संघियताको शुरुवाती अभ्यासको क्रममा उक्त परियोजनाले चुनाव जितेर आएका जनप्रतिनिधिहरुलाई बाल अधिकार संरक्षण र लैंगिक हिंसा न्यूनीकरणका बारेमा अभिमुखकिरण प्रदान गरि बाल अधिकार र लैंगिक हिंसा बिरुद्ध संबेदनशिल बनाउन सहयोग गरेको थियो । उक्त कार्यक्रम पश्चात कार्यक्रम सञ्चालीत पालिका बाल संरक्षण र लैंगिक हिंसा न्यूनीकरणमा अग्रसर देखिएका थिए ।

अमेरीकन एम्बेसी र एकाउण्टविलिटि ल्यावको सहकार्यमा बासले वित्तिय पारदर्शिता परियोजना नेपालगन्ज उपमहानगरपालिकामा सञ्चालन गरेको थियो । नेपालगन्ज उपमहानगरपालिका र मातहतका वडाहरुले सञ्चालन गर्ने कार्यक्रम तथा योजनाको बजेटलाई पारदर्शि गर्ने तथा वडा बासिहरुसम्म पुर्याउन उक्त परियोजना लक्षित थियो । पालिका र वडाहरुको योजना तर्जुमा प्रक्रियामा लक्षित बर्गको संलग्नता, विनियोजित बजेटलाई पारदर्शि रुपमा कार्यालयमा टाँस गर्ने र सार्वजनिकिकरण गर्ने, डिजिटल सुचना पार्टि मार्फत बजेट र कार्यक्रमको पारदर्शि रुपमा प्रकाशन गर्ने लगायतका मुख्य कार्यक्रमहरु गरिएका थिए ।

यस परियोजनाले सेवा प्रदायक निकायको कार्यशैलीमा परिवर्तन देखिएको थियो भने स्थानीयहरुको संलग्नता र सहभागिता बढेको पाइएको थियो । सोही बर्ष युएनडिपीको सहयोगमा सामाजिक सद्भाव र दिगो विकासका लागि नागरिक सहभागिता (सिएसडिपी) परियोजना सञ्चालन गरिएको थियो उक्त परियोजना अन्तरगत सामाजिक सद्भाव र सामुदायिक सुरक्षाको प्रवद्र्धन गर्ने, समाजका हरेक क्षेत्रमा समाबेशिताको अभ्यास अवलम्बन गर्ने गरी कार्य भएको थियो । यस कार्यक्रमले बिपन्न र पछाडी परेको बर्गको अर्थपूर्ण सहभागितामा बढावा भएको थियो । आम नागरिकहरुकाइ सार्वजनिक सेवा प्रवाहका बिषयमा जानकारी गराउने, सुचनाको हकमा नागरिक संलग्नता बढाउने उद्धेश्यले युएनडिपी नेपालको सहयोगमा बाँकेको नरैनापुर र रुपन्देहीको कोटहीमाई गाँउपालिकामा नागरिक सहायता कक्ष र युवा सुचना केन्द्र स्थापना गरिएको थियो । उक्त कार्यक्रमले स्थानीय सरकार बाट प्रवाह हुने सेवाको जानकारी आम नागरिक सम्म पुर्याउने र आम नागरिकहरुलाई आवश्यक रहेको सुचना माग गर्ने परिपाटिको विकास भएको थियो । यसैगरी बाँकेको नेपालगन्जमा युवा सुचना केन्द्र तथा एसडिजी हबको स्थापना गरिएको थियो जुन अहिले असल शासन सुचना केन्द्रको रुपमा सञ्चालीत रहेको छ । भने नरैनापुर गाउँपालिका बाँकेको महेन्द्र माबि र कोटहीमाई गाउँपालिकामा सञ्चालीत सुचना केन्द्र परियोजनाको समाप्ती सँगै स्थानीय सरकारलाई हस्तान्तरण गरिएको थियो ।

विश्व भरी कोभिड १९ ले प्रभाव गरेको अवस्थामा २०२१ र २०२२ मा संस्थाले युनिसेफ नेपालको सहयोगमा कर्णाली, सुदुरपश्चिम र बाँकेको जमुनहा नाकामा जोखिम संचार तथा समुदाय संलग्नता कार्यक्रम सञ्चालन गरि हरेक ब्यक्तिको ब्यवहारमा परिवर्तन ल्याउने तथा कोभिड १९ को जोखिमबाट महिला र वालवालिकाहरुलाई सुरक्षित गर्ने गरी सचेतना र सुरक्षा क्रियाकलाप सञ्चालन गरेको थियो । कोभिड १९ को जोखिमबाट कसरी बच्ने, सार्वजनिक स्थान तथा घरबाट बाहिर निस्किदा अपनाउनुपर्ने सावधानिका बिषयमा उक्त परियोजना केन्द्रीत थियो । परियोजना अन्तरगत स्वास्थ्य सुरक्षा सामाग्री समेत वितरण र प्रयोगका बारेमा जानकारी गराइएको थियो । यसैगरी २०२२ मा कोभिड १९ बाट प्रभावित महिला तथा बालवालिकालाई लक्षित गरि बाल संरक्षण तथा लैंगिक हिंसा न्यूनीकरण कार्यक्रम युनिसेफ नेपालको सहयोगमा सञ्चालन गरिएको थियो उक्त परियोजना अन्तरगत आर्थिक अभावका कारण बिद्यालय पढ्न नपाएका बालवालिकाहरुलाई शैक्षिक सहयोग गर्ने, बिपन्न तथा हिंसा प्रभावित महिलाहरुलाई आयआर्जनका लागि सहयोग गरिएको थियो जस अन्तरगत १ हजार बढी बालवालिकालाई शैक्षिक सामाग्री सहयोग गरिएको थियो भने ३ सय बढी महिलाहरुलाई आयआर्जनकालागि सहयोग गरिएको थियो । सो क्रममा नेपाल भारत सिमानाका बाँकेको जमुनहा, कैलालीको गौरीफण्टा, कन्चनपुरको गड्डाचौकी र बैतडीको झुलाघाटमा युवा स्वयम् सेवक खटाएर कोभिड १९ प्रतिकार्यमा स्थानीय सरकारलाई सहयोग गरिएको थियो ।

सन् २०२३ देखि २०२४ सम्म युनिसेफ नेपालको सहयोगमा समुदाय संलग्नता मार्फत सामाजिक ब्यवहार परिवर्तन कार्यक्रम युनिसेफ नेपालको सहयोगमा कर्णाली र सुदुरपश्चिम प्रदेशमा सञ्चालन गरिएको थियो । मानव केन्द्रीत डिजाईनलाई केन्द्रमा राखेर स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने उद्धेश्यले सञ्चालीत उक्त कार्यक्रम अन्तरगत गर्भवति र बालवालिकाहरुले लगाउने खोप शतप्रतिशत गर्न स्थानीय सरकारलाई सहयोग गर्ने, आमा सुरक्षा र स्वास्थ्यका लागि सचेना मुलक कार्यका लागि विभिन्न क्रियाकलाप गरिएको थियो । सोही समयमा नेपालमा गएको विनासकारी भुकम्पले जाजरकोट र रुकुम पश्चिममा पारेको प्रभाव र त्यसले निम्याएको मानसिक बिचलनको अवस्थालाई ध्यानमा राखि प्रभावित समुदाय प्रति जवाफदेहिता कार्यक्रम सञ्चालन गरिएको थियो । युनिसेफ नेपालको सहयोगमा सञ्चालीत उक्त कार्यक्रम अन्तरगत स्थानीय युवाहरुलाई अभिमुखिकरण गरी सामाजिक ब्यवहार परिवर्तन सचेतनाकालागि घरदैलो गरीएको थियो । भुकम्पका कारण नियमित खोप र स्वास्थ्य चेकजाँचबाट छुटेका महिला तथा बालवालिकाहरुलाई खोपको पहँुच सम्म पुर्याउन स्थानीय सरकारलाई स्वयम् सेवकहरुले आवश्यकता अनुसार सहयोग गरिएको थियो । सो क्रममा मानसिक रुपमा विचलनमा परेका परिवारहरुलाई निकै राहत मिलेको थियो । उक्त कार्यक्रम पश्चात जाजरकोट र रुकुम पश्चिमका स्थानीय तहहरुलाई गुनासो सुनुवाई र ब्यवस्थापन तथा आम नागरिकहरुमा फैलीएको भ्रमलाई चिर्न कार्यक्रम निकै प्रभावकारी भएको थियो ।

पछिल्लो समय विश्व व्यापी समस्याको रुपमा रहेको जलवायु परिवर्तनले पारेको प्रभाव प्रतिकार्यमा काम गर्ने उद्धेश्यले रेस्टलेस डेभलपमेन्ट नेपालको सहयोगमा बाँकेको कोहलपुर नगरपालिकामा ग्रिन सिफ्ट परियोजना सञ्चालन गरेको थियो । कोहलपुर नगरपालिकामा फोहोर ब्यवस्थापन गर्ने, प्लाष्टिकजन्य फोहोर न्यूनीकरण गर्ने तथा नीतिगत रुपमा ब्यवस्था गर्न आवश्यक पहल गर्ने उद्धेश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त कार्यक्रम अन्तरगत नीतिगत छलफल, प्लाष्टिक फोहोर न्यूनीकरणका लागि छलफल तथा समुदाय सचेतना कार्यक्रम सञ्चालन, फोहोरको म्यापिंगका लागि ट्याग मि एपको प्रयोग तथा सचेतनका लागि साईकल र्याली लगायतका क्रियाकलाप गरिएको थियो ।

नेपालगन्ज उपमहानगरपालिका र सुर्खेतको बिरेन्द्र नगरपालिकामा युवा नेतृत्व र जवाफदेहिता कार्यक्रम मार्फत युवामैत्री स्थानीय शासनका लागि पैरबी गर्ने कार्य गरेको थियो । उक्त कार्यक्रम एकाउण्टविलिटि ल्यावको सहयोगमा गरिएको थियो । लुम्बिनी प्रदेश सरकारले गरेका राम्रा कार्यहरुको बजारीकरण गर्ने तथा प्रदेश सरकारका बिषयमा आम नागरिकहरुमा रहेको मिथ्या सुचना हटाई प्रदेश सरकारको महत्वका बारेमा जानकारी गराउने उद्धेश्यले द एसिया फाउण्डेसनको सहयोगमा लुम्बिनी प्रदेशमा मिडिया आउटरिच कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रम सञ्चालन पश्चात प्रदेश सरकारका बिषयमा गलत अवधारणामा रहेका ब्यक्ति, समुदाय लगायत सबैमा प्रदेश सरकारको महत्व र गरेका कार्यहरुको सकारात्मक प्रभाव परेको थियो ।

देशभरी नै विभिन्न कार्यक्रम र अभियान सञ्चालन गरिरहेको संस्थाले नेपालमा बसोबास गर्ने महिला तथा किशोरीहरुका लागि महिनावारी स्वच्छता तथा शिक्षा कार्यक्रम २०२३ देखि सञ्चालन गरिरहेको छ । एफकेबी युकेको सहयोगमा सञ्चालीत उक्त कार्यक्रम ग्रमिण क्षेत्रमा रहेका किशोरी तथा महिलाहरुलाई महिनावारीका बिषयमा सामुदायिक शिक्षा प्रदान गर्ने र फ्रिडम किट ब्याग वितरण गरि प्रयोगका बारेमा जानकारी गाराउने उद्धेश्यले सञ्चालन गरिएको हो । रियुजेवल किट ब्याग हाल सम्म १ हजार ५ सय बढी महिलाहरुलाई वितरण भइसकेको छ । स्वास्थ्यलाई कुनै पनि असर नपार्ने उक्त किटब्याग उत्पादनमा स्थानीय सरकारले समेत सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

बास नेपालले नेपालगन्ज उपमहागरपालिकामा फोहोर मैला ब्यवस्थापन गर्ने उद्धेश्यले द कोकाकोला फाउण्डेसनको सहयोगमा ग्रिन नेपालगन्ज कार्यक्रम सञ्चालन गरेको छ । फोहोर मैला ब्यवस्थापन सम्बन्धी सचेतना अभिबृद्धी गर्ने तथा फोहोरमैला ब्यवस्थापनमा काम गर्ने गरी कार्यक्रम अगाडी बढाएको छ ।

बास नेपालले सञ्चालन गरेको अर्को महतवपूर्ण कार्यक्रमको हो बालिका शिक्षा कार्यक्रम । विपन्न परिवारका बालिकाहरुलाई छनौट गरि आधारभुत शैक्षिक कक्षा पुरा गर्न सहयोग गर्ने, वालिकाहरुलाई जलवायु न्याय पाठ्यक्रम र जिवन उपयोगी सिपका बारेमा शेषन सञ्चालन गर्ने, जलवायु परिवर्तनको सन्देस बिद्यार्थी मार्फत अभिभावक र समुदायमा फैलाउने, लैंगिक तथा जलवायुका बिषयमा सहपाटी, अभिभावक र समुदायका ब्यक्तिहरुलाई उत्प्रेरित गर्ने उद्धेश्यले रुम टु रिडको सहयोगमा बास नेपालले बाँकेको खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिकामा बालिका शिक्षा कार्यक्रम अन्तरगत जलवायु न्याय कार्यक्रम सञ्चालन गरिरहेको छ ।

कार्यक्रम अन्तरगत १२ वटा बिद्यालयमा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । बालिका शिक्षा कार्यक्रम अन्तरगत जलवायु न्याय कार्यक्रमको प्रभावकारीतालाई ध्यानमा राखि खजुरा गाँउपालिकाले अपनत्व ग्रहण गर्दै रुम टु रिड र बास नेपालको प्राविधिक सहयोगमा खजुरा गाउँपालिकाका सबै १६ वटा माबिमा कार्यक्रम सञ्चालन गरिरहेको छ भने बैजनाथ गाउँपालिकाले समेत कार्यक्रमलाई अगाडी बढाउने जनाएके छ । जलवायु परिवर्तनमा जलवायु न्याय अगुवा तयार गरि परिचालन गर्ने, बिद्यालयहरुलाई हरित बिद्यालयको अवधारणामा अगाडी बढाउने, लैंगिक हिंसा न्यूनीकरणका लागि कार्य गर्ने, शैक्षिक सुधार गर्ने कार्यमा उक्त परियोजना सफल भएको छ । स्थानीय सरकारहरुले अत्यन्तै रुचाएको उक्त कार्यक्रम एक सफल कार्यक्रमको रुपमा अगाडी बढेको छ ।

बास नेपालले स्थानीय पालिकाहरुमा सुशासन प्रवद्र्धन कार्यक्रम अन्तरगत सार्वजनिक सुनुवाई र सामाजिक परिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ । विभिन्न संघसंस्था तथा निकायको सहकार्यले संस्थाको दिगो विकासमा टेवा पुगेको छ । २०८२ मा आफ्नो रजत बर्ष बनाउने तयारीमा रहेको बास हरेक ब्यक्ति, समाज र देशका लागि सुशासनको ब्राण्ड बन्न सफल भएको छ । आगामी दिनमा हरेक समाज परिवर्तनमा लागि सरकारी निकाय, अन्तराष्टिय गैर सरकारी संस्था नीजि क्षेत्र लगायतसँग सहकार्यलाई बढावा दिदै देश ब्यापी रुपमा थप सशक्त अभियान तथा कार्यक्रम सञ्चालन गर्ने गरी अगाडी बढ्ने रणनितिका साथ संस्था अग्रसर रहेको छ ।

(भट्ट बास नेपाल निर्देशक हुन् ।

  • ९ चैत्र २०८२, सोमबार प्रकाशित

  • Nabintech