सेवाग्राहीका लागि मिटरबक्स लिन मध्यरातसम्म धर्ना बसे वडा अध्यक्ष

असल शासन प्रतिनिधि

नेपालगञ्ज / सडकमा सुतिरहेका मान्छे कुनै बेवारिशे मान्छे होला भन्ने लग्न सक्छ तर होइन उनि हुन् कपुरकोट गाउँपालिका–३ सल्यानका वडाअध्यक्ष प्रदीप खड्का उनि आफ्ना सेवाग्राहीका लागि मिटरबक्स लिन मध्यरातसम्म धर्नामा बसेका हुन् ।

आफ्ना वडाका तीन जना सेवाग्राहीका लागि विद्युत मिटर लिन पुगेका थिए । आवश्यक कागजी प्रक्रिया पूरा गरिसकेपछि पनि कर्मचारीबाट मिटर उपलब्ध नहुने जवाफ पाएपछि उनले घर फर्कने बाटो रोजेनन् । बरु, विरोधस्वरुप त्यहीँ रातभर बस्ने निर्णय गरे । साँझ ५ बजेदेखि सुरु भएको उनको धर्ना राति अबेरसम्म लम्बियो ।

अँध्यारो बढ्दै गयो, तर उनी टसमस भएनन् । मिटर पाउनुपर्ने माग राख्दै उनी भुइँमै झोलाको सिरानी राखेर सुते । दिनभर ‘तत्काल दिन नमिल्ने’ भनिएको मिटर, अन्तत: राति उपलब्ध गराइयो । करिब साढे १० बजेतिर वितरण केन्द्रका कर्मचारीले सेवाग्राहीका लागि मिटर उपलब्ध गराए ।

अनि वडाध्यक्ष खड्काले आफ्नो धर्ना अन्त्य गरे । जनप्रतिनिधि आफैं धर्नामा बस्नुपर्ने अवस्था सामान्य होइन । यदि जनप्रतिनिधि नै यसरी संघर्ष गर्न बाध्य छन् भने, सर्वसाधारण नागरिकको अवस्था कस्तो होला !

  • १० चैत्र २०८२, मंगलवार प्रकाशित

  • Nabintech