नेपालगन्जमा महिलालाई जलाएको डरलाग्दो घट्ना

प्रहरी अनुसन्धानमा

असल शासन प्रतिनिधि

नेपालगन्ज । नेपालगन्जमा मध्य राती महिलालाई जिउदै जलाएको डरलाग्दो घट्ना घटेको छ ।
चैत्र १४ गते राती करिब १२ बजे तिर नेपालगन्जको नर्सिंगहोम पछाडी घटेको उक्त घट्नाले सबैमा त्रास पैदा गरेकोछ । अज्ञात पुरुषको समुहले खुलेआम महिलालाई जिउदै जलाएको भन्ने प्रारम्भिक जानकारी प्राप्त भए पनि घट्ना के कसरी भएको भन्ने खुलीसकेको छैन ।
सार्वजनिक स्थान र खुल्ला सडकमा महिलालाई जलाउदा समेत हाल सम्म जानकारी नहुुनुले महिला सुरक्षा माथि गम्भिर प्रश्न खडा गरेको छ ।
घट्नाका बिषयमा अनुसन्धान भइरहेको र हाल सम्म महिलाको पहिचान नभएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक दिपक पातलीले असल शासनलाई बताए ।

  • १५ चैत्र २०८२, आईतवार प्रकाशित

  • Nabintech