उत्तर सहितको प्रिन्टेड पश्न पत्र फेलापरेपछि शिक्षा समितिको आकस्मीक बैठक बस्दै

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपालगन्ज उपमहानगरपालिकामा सञ्चालीत कक्षा ८ को पालिका स्तरीय परिक्षामा सहभागि बिद्यार्थीको साथमा उत्तर सहितको प्रिन्टेड पश्न पत्र फेलापरेको छ ।
नेपालगन्ज २० राझाँ स्थित श्री आदर्श माबि परिक्षा केन्द्रमा परिक्षा दिदै गरेका मुनतारा इंलिस मिडियम स्कुलका बिद्यार्थीलाई चेक गर्ने क्रममा उत्तर सहितको प्रिन्टेड पश्न पत्र फेला परे पछि प्रश्नपत्रको गोपनियता माथि प्रश्न उब्जीएको छ ।
परिक्षा हल भित्र नै उत्तर सहितको प्रिन्टेड पश्न पत्र फेला परेको कुरा जानकारीमा आए पछि शिक्षा युवा तथा खेलकुद महाशाखा नेपालगन्ज उपमहानगरपालिकाले आकस्मिक नगर शिक्षा समितिको बैठक बोलाएको जनाएको छ । परिक्षामा सहभागि बिद्यार्थीले प्रश्न पत्रका बिषयमा बुझ्दा बिद्यालयका प्रधानाध्यापकले नै दिएको भन्ने जवाफ आएपछि त्यसले परिक्षाको बिश्वसनियमता माथि नै ठुलो प्रश्न उठाएको छ ।
परिक्षाको गाम्भिर्यता माथि नै प्रश्न उठाउने यस्तो घट्नाका बिषयमा नेपालगञ्ज उपमहानगरका शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्ख बहादुर थापासँग सम्पर्क गर्दा उक्त घट्ना बारेमा अहिले बैठक बोलाएको प्रतिक्रिया दिएका छन् । उनले असल शासनलाई भने यो गम्भिर बिषय हो जानकारी भए लगत्तै शिक्षा समितिको बैठक बोलाइ सकिएको र आवश्यक छानविन गर्ने बताएका छन् ।

  • १६ चैत्र २०८२, सोमबार प्रकाशित

  • Nabintech