काठमाण्डौं । काठमाण्डौं जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् ।
भदौ २३ र २४ मा प्रदर्शन हुँदा काठमाडौँको प्रमुख जिल्ला अधिकारी रहेका रिजाललाई सुविधानगर निवासबाट पक्राउ गरिएको प्रहरी श्रोतले जनाएको छ ।
जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई दोषी किटान गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो । रिजाल माथि जेनजी आन्दोलनमा दमन गरेको आरोप छ ।









