कार्वाही प्रक्रियाको साटो दौडधुपमा परिक्षा समिति

असल शासन प्रतिनिधि

नेपालगन्ज । उत्तर सहितको प्रिन्टेड प्रश्नपत्र वाहिरीएको बिषयमा परिक्षा समिति पदाधिकारीहरुको दौडधुप शुरु भएको छ ।
प्रश्न पत्र वाहिर ल्याउने ब्यक्ति माथि तत्काल अनुसन्धान गरी कार्वाहीको माग बढ्न थालेपछि कुनै पनि हालतमा दोषिलाई उन्मुक्ती दिन परिक्षा समिति नै दौडधुपमा रहेको बुझिएको छ ।
श्रोतले दिएको जानकारी अनुसार चैत्र १८ गते बिहान परिक्षा समितिको एक टोलि आदर्श माबि राझाँ परिक्षा केन्द्रमा पुगेको थियो । परिक्षा केन्द्रमा पुगेर केन्द्राध्यक्ष लगायत शिक्षकहरुसँग सो घट्ना मिलाउन भन्दै छलफलको प्रयास गरेको भएपनि सो प्रयास सफल हुन नसकेको बुझिएको छ ।
श्रोतले दिएको जानकारी अनुसार नेपालगन्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा, सामाजिक विकास समिति, नगर प्याब्सन लगायत परिक्षा समितिका पदाधिकारी सहित ८ जनाको टोली उक्त केन्द्रमा पुगेको र परिक्षा सम्पन्न नहुदा सम्म बिद्यालयमानै रहेको जानकारीमा आएकोछ । समिति पदाधिकारीहरुकाट नै उक्त बिषयले भोलीको दिनमा समस्या हुने भन्दै जसरी हुन्छ मिलाएर अगाडी बढ्ने गरी सम्बन्धीत ब्यक्तिहरुलाई दवाव दिइरहेको पाइएको छ । आजको परिक्षा केन्द्र भिजिटका क्रममा रहका एक पदाधिकारीले नाम नछाप्ने सत्रमा भने यो बिषय मिलाउने बिषय नै होइन सिधै कार्वाहीका लागि प्रशासनलाई पत्राचार गर्नुपर्छ । उनले भने नगर परिक्षा समिति गठनमा नै गल्ति भएको छ यसलाई पूर्नगठन गरेपछि मात्रै निष्पक्ष परिक्षा सञ्चालन हुन्छ ।
श्रोतले दिएको जानकारी अनुसार नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले तत्काल कावाहीका लागि प्रशासनलाई सिफारिस गर्नु भनि निर्देशन दिएको भएपनि परिक्षा समिति कार्वाही भन्दा पनि घट्नालाई ढाकछोप गर्ने मनसायका साथ काम गरिरहेको बुझिन्छ ।
परिक्षा सञ्चालनमा धेरै त्रुटीहरु भइरहेकोमा त्यसलाई सुधार ल्याउनुको साटो एक पछि अर्को घट्नालाई ढाकछोप गर्दा नेपालगन्ज उपमहानगरपालिका भित्रका बिद्यार्थीको मनोभावना माथि गलत असर पर्ने र भविष्य माथिको खेलवाड रहेको शिक्षा बिदहरु बताउछन् ।

  • १८ चैत्र २०८२, बुधबार प्रकाशित

  • Nabintech