काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदमा डोलप्रसाद (डीपी) अर्याल निर्विरोध निर्वाचित भएका छन् ।
सभामुख पदका लागि निर्धारित समयमा अर्यालको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध सभामुख निर्वाचित भएका हुन् । आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सभामुखका लागि मनोनयन दर्ताको समय तोकिएको थियो ।
२७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको मात्रै १८२ सांसद छन् भने नेपाली कांग्रेस ३८, नेकपा एमाले २५, नेपाली कम्युनिस्ट पार्टी १७, श्रम संस्कृति पार्टी ७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ सांसद छन् । प्रतिनिधिसभाको बैठक आगामी आइतबार बस्ने कार्यतालिका रहेको छ ।









