“सामान किन्न जान्छु” भन्दै घरबाट निस्किएकी यजना बेपत्ता

असल शासन प्रतिनिधि

नेपालगञ्ज / बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–२०, थपुवा निवासी १३ वर्षीया यजना रोकाया विगत तीन दिनदेखि बेपत्ता भएकी छन् । उनको अचानक सम्पर्कविहीन भएपछि परिवार, आफन्त तथा स्थानीय समुदायमा चिन्ता बढेको छ ।

परिवारका अनुसार, चैत २० गतेका दिन यजना घरबाट “सामान किन्न जान्छु” भन्दै निस्किएकी थिइन् तर, त्यसपछि उनी घर फर्किनन् र परिवारसँग कुनै प्रकारको सम्पर्कमा पनि आएकी छैनन् । उनको खोजीका लागि परिवारले आफन्त, छिमेकी तथा विभिन्न स्थानहरूमा खोजतलास गरिरहेको भए पनि हालसम्म कुनै ठोस सुराग फेला परेको छैन ।

यजनाको बेपत्ता घटनापछि परिवार अत्यन्त चिन्तित बनेको छ ।उनीहरूका अनुसार यजना यसअघि कहिल्यै पनि यसरी सम्पर्कविहीन भएकी थिइनन् । त्यसैले यस घटनालाई लिएर परिवारजन थप चिन्तित र व्याकुल अवस्थामा छन्।

स्थानीयवासीहरूले समेत खोजी कार्यमा सहयोग गरिरहेका छन् । यस घटनाबारे नजिकको प्रहरी कार्यालयमा समेत जानकारी गराइसकिएको परिवारले जनाएको छ ।,हालसम्म उनको अवस्थाबारे कुनै आधिकारिक जानकारी प्राप्त हुन सकेको छैन ।
परिवारले यजना रोकायालाई कतै देख्नुभएको वा उनको अवस्थाबारे कुनै जानकारी प्राप्त भएको खण्डमा नजिकको प्रहरी कार्यालय वा परिवारजनलाई तुरुन्त जानकारी गराइदिन सबैसँग हार्दिक अनुरोध गरेको छ ।

  • २३ चैत्र २०८२, सोमबार प्रकाशित

  • Nabintech