बैजनाथ २ छमनियामा महिनावारी स्वच्छता शिक्षा कार्यक्रम सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगञ्ज / महिला तथा किसोरीहरुका लागि मंगलवार बैजनाथ गाउँपालिका वडा नम्बर ५ स्थित छमनियामा महिनावारी स्वच्छता शिक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।

बैजनाथ गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देव बहादुर रावतको प्रमुख आतिथ्यतामा आयोजना गरिएको महिनावारी स्वच्छता कार्यक्रम बास नेपाल र एफ केबी यु के को संयुक्त आयोजनामा सम्पन्न गरिएको हो ।

किशोरी तथा महिलाहरुलाई महिनावारी स्वच्छता समबन्धि शिक्षा प्रदान गर्ने उद्धेश्यले आयोजित कार्यक्रममा बजारमा पाईने स्यानीटरी प्याडलाई प्रयोग नगरि पुन प्रयोग गर्न मिल्ने स्यानीटरी प्याडको प्रयोग गर्ने तरिकाका साथै उक्त प्याड प्रयोग गर्दा हुने आर्थिक सहायता तथा स्वास्थ्यमा हुने फाईदाहरुको बारेमा जानकारी दिईएको थियो ।

बैजनाथ गाउँपालिका वडा नम्बर २ र ५ का १०० जना किशोरी तथा महिलाहरु सहभागीता रहेको उक्त कार्यक्रममा एफकेबी युकेका ब्यवस्थापक रमिता शाह र एजुकेशन पर्सन मिना घर्तिमगरले महिनावारी स्वच्छता शिक्षा दिनुका साथै फ्रिडम किट ब्याग्सको डेमो सहित सहभागी महिला तथा किशोरीहरुलाई सहजिकरण गरेका थिए । साथै उक्त शिक्षाको बारेमा सहजीकरसण गर्दै गर्दा सहजकर्ताहरुले महिनावारी स्वच्छता शिक्षा कार्यक्रममा महिनावारी सम्बन्धि गाउँमा अझै पनि अन्धबिश्वाष रहेकाले त्यो अन्धबिश्वाषलाई हटाउन लाग्नुपर्ने, महिनावारी हुँदा आफ्नो स्वास्थ्यको सरसफाईमा ध्यान दिने, पोषण युक्त खानेकुरा खानुपर्ने कुराको जानकारी गराउका थिए । साथै वातावरणमैत्री कपडाबाट बनेका पुनःप्रयोग गर्न मिल्ने प्याड प्राप्त गर्दा एफ के बि युके र बास नेपाल लाई सहभागीहरुले धन्यवाद व्यक्त गरेका थिए ।

बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्की ुञ्चालन गरेको कार्यक्रममा एफकेबी युकेका एजुकेशन पर्सन मिना घर्तिमगरले स्वागत मनतब्य राखेक िथिईन् । बास नेपाल सामुदायिक सहजकर्ता ज्योती बुढा र प्रशासन सहायक सुमिता कुमाल सहभागीता रहेको थियो ।

 

  • २५ चैत्र २०८२, बुधबार प्रकाशित

  • Nabintech