लुम्बिनी प्रदेशमा ४५ प्रतिशत बालविवाह

असल शासन प्रतिनिधि

लुम्बिनी प्रदेशमा ४५ प्रतिशत बालविवाह

लुम्बिनी/ लुम्बिनी प्रदेशमा ४५ प्रतिशत बालविवाह हुने गरेको र बाल्यकाल मै १० प्रतिशत बालिकाहरु गर्भवती हुने गरेका तथ्यांक सार्वजनिक भएको छ ।
विवाह गर्ने उमेर नपुग्दै १५ देखि १९ वर्ष उमेर समूहका १० प्रतिशत बालिका गर्भवती हुने र आमा बन्ने गरेको पाइएको हो ।कानुनले २० वर्ष पछि मात्रै विवाह गर्ने उमेर तोकेको छ ।
बालविवाह गर्नेहरूमा निम्न आय, परम्परागत रूढिवाढी सोच, रीतिरिवाज आदि मुख्य कारण रहेको पाइएको छ । यसमा आर्थिक अवस्था कमजोर रहेका विपन्न परिवारका बालबालिका बढी छन् ।
तथ्यांक अनुसार अति न्यून अवस्था रहेका परिवारमा २० प्रतिशत, न्यून स्तरका परिवारमा १७ दशमलव ८ प्रतिशत, मध्यम स्तरका परिवारमा १५ दशमलव ६ प्रतिशत, उच्च स्तरका परिवारमा ११ दशमलव ७ प्रतिशत र अति उच्च स्तरका परिवारमा ४ दशमलव ९ प्रतिशत बालविवाह हुने गरेको राष्ट्रिय बालअधिकार परिषद्को तथ्यांकले देखाएको छ ।
सात प्रदेशमा शीर्ष तीन स्थानमा लुम्बिनी पर्छ । बालिकाको तुलनामा बालकको विवाह कम भए पनि लुम्बिनीमा करिब १५.९ प्रतिशत बालकको विवाह १८ वर्ष नपुग्दै हुने गरेको छ ।तथ्यांकअनुसार नेपालमा १० देखि १८ वर्ष उमेर समूहका ६४ लाख ६३ हजार ८७३ बालबालिकामध्ये ७४ हजार २ सय ५२ जनाले बालविवाह गरेको पाइएको छ । त्यसमा १० वर्षमुनिका २ सय ७२ जना बालबालिकाले बालविवाह गरेको पाइएको छ । १५ वर्ष नपुग्दै हुने विवाह १ दशमलव ८ प्रतिशत रहेको छ ।

  • ३० चैत्र २०८२, सोमबार प्रकाशित

  • Nabintech