बाँकेका एसपी कार्यसम्पादनमा सर्वोत्कृष्ट

असल शासन प्रतिनिधि

नेपालगन्ज । बाँकेका एसपी (प्रहरी उपरीक्षक) अंगुर जिसी कार्यसम्पादन मूल्याङ्कनमा देशभरकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन्।
जिल्लामा शान्ति सुब्यवस्था कायम, अपराध नियन्त्रण र निर्वाचन सुरक्षामा उत्कृष्ट योगदान पुर्याएको भन्दै नेपाल प्रहरी प्रधान कार्यालयले उनलाई सार्वेत्कृष्ट घोषित गरेको हो ।
जिसीले बाँके जिल्लामा आइसकेपछि नेपाल प्रहरी संगठनको विभागीय नीति तथा निर्देशनलाई आत्मसात गर्दै अनुशासित, लगनशील, इमानदार, व्यवसायिक र कर्तव्यनिष्ठ रूपमा जिम्मेवारी निर्वाह गर्दै आएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको नेतृत्व सम्हाले पछि जिल्लामा शान्ति सुरक्षाको अवस्था सुदृढ हुनुका साथै अपराध अनुसन्धानमा समेत उल्लेखनीय उपलब्धि हासिल गरेको बताइएको छ । आमनागरिकलाई सुरक्षित वातावरणको अनुभूति गराउने, प्रहरी सेवामा नागरिकमैत्री व्यवहारलाई अझ सुदृढ बनाउदै लैजाने उनको योजना रहेको छ ।

  • ९ बैशाख २०८३, बुधबार प्रकाशित

  • Nabintech