बजार जान्छु भन्दै घरबाट निस्किएकी युवती सम्पर्कविहीन

असल शासन प्रतिनिधि

बजार जान्छु भन्दै घरबाट निस्किएकी युवती सम्पर्कविहीन

नेपालगञ्ज / नेपालगञ्ज उपमहानगरपालिका – २०, थपुवा निवासी १८ वर्षीया गंगा टमटा बेपत्ता भएकी छन्।

वैशाख १० गते दिउँसो करिब ११ बजे “नेपालगञ्ज बजार जान्छु” भन्दै घरबाट निस्किएकी उनी त्यसयता परिवार तथा साथीभाइको सम्पर्कमा नआएको जनाइएको छ।

परिवारका सदस्यका अनुसार गंगा घरबाट निस्किएपछि मोबाइल सम्पर्कसमेत हुन सकेको छैन। हालसम्म उनको अवस्थाबारे कुनै ठोस जानकारी प्राप्त नभएको र उनी कहाँ गइन् भन्नेबारे अन्योल कायम रहेको छ। घटनापछि परिवारले आफन्त, साथीभाइ तथा सम्भावित स्थानहरूमा खोजी गरे पनि हालसम्म कुनै सफलता प्राप्त नभएको बताइएको छ। स्थानीय बासिन्दा तथा सुरक्षाकर्मीको सहयोगमा खोजी कार्य जारी रहेको छ।

परिवारले गंगालाई कतै देखेमा वा कुनै जानकारी भएमा तत्काल नजिकको प्रहरी चौकीमा खबर गर्न वा  9864795554,  9824910091 नम्बरहरूमा सम्पर्क गरी सहयोग गरिदिन सबैमा अनुरोध गरेका छन्।

यस घटनाले स्थानीय समुदायमा चिन्ता बढाएको छ। परिवारले सामाजिक सञ्जालमार्फत सूचना फैलाएर छिटोभन्दा छिटो गंगाको अवस्था पत्ता लगाउन सहयोग गर्न सबैसँग अपिल गरेका छन्।

  • १५ बैशाख २०८३, मंगलवार प्रकाशित

  • Nabintech