तुलसीपुर ९ राउटेचौरमा बासले बाड्यो फ्रिडम किट ब्याग्स

एक सय महिलाले पाए महिनावारी स्वच्छता शिक्षा

असल शासन प्रतिनिधि

नेपालगञ्ज /  बास नेपालले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ को कटकुँईया स्थित राउटेचौरका महिलाहरुलाई फ्रिडम तथा किट ब्याग्स बितरण गरेको छ ।

एफ के बी यु के को सहयोगमा बास नेपाल द्वारा संचालित परियोजना अन्तर्गत “महिला तथा बालबालिका को महिनावारी स्वच्छता, शिक्षा तथा ब्यवस्थापन “ कार्यक्रममा प्रत्येक महिना उत्पादन गरी बितरण गर्दै आएको छ ।

प्रत्येक महिना बितरण गर्दै आएको फ्रिडम किट ब्याग्स पुन प्रयोग गर्न मिल्ने सेनेटरी प्याड गत सोमवार बास नेपालको सहयोग तथा अमृतपूर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको समन्वयमा महालक्ष्मी सामुदायिक बन उपभोक्ता समितिको भवनमा एक कार्यक्रमको आयोजना गरी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ र ९ का एक सय जना महिला तथा किशोरीहरुलाई फ्रीडम ब्याग्स वितरण गरिएको हो ।

फ्रिडम किट ब्याग्स परियोजनाका कार्यक्रम व्यवस्थापक रमिता शाह र शिक्षा अधिकृत मिना घर्तीले महिनावारी स्वच्छता शिक्षा दिनुका साथै फ्रिडम किट ब्याग्स ,प्रयोग बिधिवारे डेमो देखाएर सहभागीहरुलाई प्रष्ट पारेका थिए ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष धर्मराज वलीको प्रमुख अथित्यथामा आयोजित कार्यक्रममा मेट्रो अस्पतालका स्वास्थ्य अधिकृत शेर बहादुर बोहरा, तुलसीपुर खानेपानी संस्थानका अध्यक्ष यामकान्त भण्डारी, अमृतपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका कार्यालय प्रमुख शुसिल कुमार काफ्ले, बास नेपालका केन्द्रीय सदस्य भुपेन्द्र बस्नेत, फ्रिडम किट ब्याग्स परियोजनाका लेखा अधिकृत प्रदिप बोहराको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आफ्नो भनाई राख्दै कार्यक्रममा प्रमुख अथिति तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष धर्मराज वलीले आज सम्म कसैको नजर पुग्न नसकेको महिलाहरुको समस्याको बारेमा बास नेपालले सामाग्री उपलब्ध गराएकोमा धन्यवाद दिए । साथै उनले यस्ता किसमका कार्यक्रम वडा सँगको सहकार्यमा पनि गर्न सकिने भएकाले थप अन्य कार्यक्रम गर्नुपरेमा वडा र बास नेपालको समन्वय र सहकार्यमा गर्न सकिने भएकाले त्यस तर्फ आफुले पहल गर्ने बताए ।
त्यस्तै कार्यक्रमका अर्का अथिति तथा मेट्रो अस्पतालका स्वास्थ्य अधिकृत शेर बहादुर बोहराले कार्यक्रममा प्राप्त सामाग्रीको सही सदुपयोग गर्न सुझाव दिदै बोहराले मेट्रो हस्पिटलमा पाठेघरको स्क्रिनिङ निशुल्क हुनेभएकाले लाज नमानी सबैजनाले सेवा लिन आग्रह पनि गरे ।

अमृतपूर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष दशरथ वलिको अध्यक्षतामा आयोजित महिनावारी स्वच्छता शक्षिा तथा फ्रीडम कीट ब्याग्स बितरण कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि फ्रिडम किट ब्याग्स परियोजनाका कार्यक्रम व्यवस्थापक रमिता शाहले प्रकास पारेकी थिईन् । कार्यक्रम सञ्चालन बास नेपाल बाँके शाखाकी सचिव शोभा भण्डारीले गरेकी थिईन ।

  • १५ बैशाख २०८३, मंगलवार प्रकाशित

  • Nabintech