बिहान घरबाट निस्किएका ब्यक्ति दिउँसो बल्खु खोलामा मृत भेटिए

असल शासन प्रतिनिधि

बल्खुमा आज खाली गरिएको सुकुमवासी बस्ती नजिकको खोलामा एक व्यक्ति मृत फेला परेका छन् । मृत फेला परेका व्यक्ति ६१ वर्षीय ईन्द्रबहादुर राई रहेको बुझिएको छ। ‘बिहान घर भत्किएपछि एक्लै बर्बराउँदै हेर्न सक्दिनँ भनेर घरबाट निस्किएका उनी दिउसो मृत भेटिएका हुन्।

पत्नी सरिता र उनका छोरा अहिले घटनास्थलमै छन् । स्थानीयबासीका अनुसार ईन्द्रबहादुरको परिवार बल्खुको सुकुमवासी बस्तीमा १६, १७ वर्षदेखि बस्दैआएको थियो । उनी बल्खुस्थित सब्जीमण्डीमा काम गर्ने गरेको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले भने मृतकको परिचय र मृत्युको कारण खुलाएको छैन ।

  • १८ बैशाख २०८३, शुक्रबार प्रकाशित

  • Nabintech