गाउँपालिका अध्यक्षद्वारा प्रमुख प्रशासकीय अधिकृतमाथि गिलास प्रहार

असल शासन प्रतिनिधि

दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर वि.सी. ले प्रमुख प्रशासकीय अधिकृत डिनायट घर्तीमाथि सिसाको गिलास प्रहार गरेको घटना बाहिर आएको छ।

गाउँपालिकाका एक कर्मचारीका अनुसार वैशाख २१ गते दिउँसो करिब २ बजे अध्यक्ष वि.सी. ले आफ्नै कार्यकक्षमा प्रमुख प्रशासकीय अधिकृत घर्तीलाई लक्षित गरी सिसाको गिलास प्रहार गरेको बताइएको छ। ति कर्मचारीका अनुसार प्रमुख प्रशासकिय अधिकृतलाक्ष् लक्षित गरी प्रहार गरेको गिलास टेवलमा लागेको थियो । टेवलमा लागेर गिलास फुटेपछि सिसाका टुक्राले प्रमुख प्रशासकिय अधिकृतको हातमा काटिएर सामान्य चोट लागेको छ । प्रमुख प्रशासकिय अधिकृत डिनायट घर्तीले कार्यालयको कामकै विषयमा सामान्य विवाद हुँदा आवेगमा आएर अध्यक्ष विसीले आफुलाइ लक्षित गरेर सिसाको गिलास प्रहार गरेको बताए । कार्यालयको नियमित कामकाजका क्रममा भएको छलफलको क्रममा उक्त घटना भएको उन्ले असल शासनलाइ बताए ।

जानकारी अनुसार अध्यक्षको कार्यकक्षमा पालिकाका अन्य कर्मचारीसमेत उपस्थित रहेका बेला सामान्य विषयमा विवाद उत्पन्न भएको थियो। पालिका स्रोतले अनियमित इन्धन प्रयोग, अध्यक्षले होटेलमैत्री कार्यक्रम सञ्चालन गर्न खोजेको विषय तथा विभिन्न असम्बन्धित व्यापारिक व्यक्ति र संघ, संस्थासँगको सम्बन्धबारे प्रमुख प्रशासकीय अधिकृत घर्तीले असहमति जनाउँदै आएको जनाइएको छ।

घटनापछि प्रमुख प्रशासकीय अधिकृत घर्ती कार्यालय नगइ सुर्खेतमा बसेका छन् । उनले प्रमुख जिल्ला अधिकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई घटनाबारे जानकारी गराइसकेको स्रोतले जनाएको छ। सुरक्षाको कारण उक्त स्थानमा रही काम गर्न सक्ने वातावरण नभएको प्रमुख प्रशासकिय अधिकृत घर्तिले जानकारीले बताए । यस विषयमा गाउँपालिका अध्यक्षसँग बुझ्न खोज्दा टेलिफोन सम्पर्क हुन सकेन।

  • २३ बैशाख २०८३, बुधबार प्रकाशित

  • Nabintech