प्लास्टिकजन्य फोहोरको दिगो व्यवस्थापन सम्बन्धी अभिमुखीकरण

असल शासन प्रतिनिधि

नेपालगञ्ज / बास नेपालको आयोजनामा प्लास्टिक जन्य फोहोरको दिगो व्यवस्थापन सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ ।

बास नेपालका विभिन्न शाखा अध्यक्षहरू सक्रिय सदस्य तथा साधारण सदस्यहरुलाई लक्षित गरी बुधबार भर्चुअल माध्यमबाट आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा प्लास्टिक न्यूनीकरणका लागि सचेत नागरिकले गर्नुपर्ने उपायहरू, फोहर वर्गीकरण र प्लास्टिकजन्य फोहोरको दिगो व्यवस्थापन सम्बन्धीउपायहरू ,प्लास्टिक जन्य फोहोरबाट बाट वातावरणमा पर्ने असरहरू र मानवीय स्वास्थ्यमा पर्ने असरहरू, फालिएका प्लास्टिकका फोहोरहरूलाई पुनः प्रशोधन गरी अन्य वस्तुहरू उत्पादन गर्न सकिने उपायहरु, त्यसैगरी फोहोर व्यवस्थापन सम्बन्धी नेपाल सरकारले गरेका विभिन्न प्रयासहरूका बारेमा जानकारी सहितको अभिमुखीकरण दिइएको थियो ।

स्वच्छ सफा नेपालका कार्यकारी निर्देशक रविन्द्र लामिछानेद्वारा प्रशिक्षण दिइएको उक्त अभिमुखीकरण कार्यक्रममा विभिन्न जिल्लाहरूबाट गरी ४० जनाको सहभागिता रहेको थियो भने अभिमुखीकरण पश्चात सहभागीहरुले प्रतिक्रियात्मक भनाइ राख्दै तालिमबाट महत्त्वपूर्ण जानकारी प्राप्त भएको सुझाव राखेका थिए . साथै प्रशिक्षक रविन्द्र लामिछाने सहित अभिमुखीकरण आयोजक संस्था बास नेपाललाई धन्यवाद व्यक्त गरे ।

बास नेपालले विभिन्न विषयमा प्रत्येक महिना भर्चुअल माध्यमबाट आफ्ना शाखाका पदाधिकारीहरुलाई तालिम प्रदान गर्दै आएको छ ।

नेपालका केन्द्रीय उपाध्यक्ष जिल्ला शाह केन्द्रीय महासचिव कल्पना अधिकारी सहित बास नेपालका निर्देशक हेमराज भट्ट उपस्थिति रहेको उक्त अभिमुखीकरण कार्यक्रम बेलुका ७:३० बजेदेखि ९:३० बजेसम्म सञ्चालनमा रहेको थियो ।

बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले सञ्चालन गरेको कार्यक्रममा केन्द्रीय महासचिव कल्पना अधिकारीले धन्यवाद ज्ञापन सहित अभिमुखीकरण कार्यक्रमको समापन गरेकी थिइन् ।

  • २४ बैशाख २०८३, बिहीबार प्रकाशित

  • Nabintech