
नेपालगञ्ज / बाँकेको राप्तीसोनारी गाउँपालिकाका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरूलाई सुशासन अभिलेखीकरण तथा लेखा व्यवस्थापन तालिम सम्पन्न गरिएको छ ।

डिभिजन वन कार्यालय बाँकेको सहयोगमा बास नेपालले सो तालिम प्रदान गरेको हो ।

राप्तीसोनारीका १० वटा सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिहरु गरी ४५ जनाको सहभागिता रहेको सो तालिम बास नेपालका निर्देशक हेमराज भट्टले सुशासनका विभिन्न आधारभूत तत्वहरुका, सामुदायिक बनहरुमा सुशासन र दस्ताबेजीकरणबारेमा प्रशिक्षण दिएका थिए भने डिभिजन वन कार्यालय बाँकेका वरिष्ठ वन अधिकृत सुशील सुवेदीले लेखा प्रणाली, लेखा अभिलेख विषयमा प्रशिक्षण दिएका थिए ।

बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले सञ्चालन गरिएको उक्त कार्यक्रम राप्ती सब डिभिजन वन कार्यालयका प्रमुख राम गणेश शाहले धन्यवाद ज्ञापन सहित कार्यक्रम समापन गरेका थिए ।









