
नेपालगन्ज / तुलसीपुर उपमहानगरपालिका दाङले आर्थिक बर्ष २०८२र २०८३ को तेस्रो चौमासिक सार्बजनिक सुनुवाई सम्पन्न गरेको छ ।
बास नेपालको सहजिकरण तथा तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा सोमवार तुलसीपुर उपमहानगरपालिका वडा नम्त्रर १२ स्थित मेट्रो कलेजको सभाहलमा आयोजना गरिएको सार्बजनिक सुनुवाईको खूल्ला छलफलबाट ५ बुद्धे साझा सार्बजनिक प्रतिबद्धता जाहेर गरिएको छ ।

वडा नम्बर १०,११,१२, १३ र १४ का नागरिकहरुलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रमका सहभागीहरुको प्रश्नउत्तरहरु र प्रमुखसरोकारवाला ब्यक्तिहरुको जवाफहरु बाट ब्यक्त गरिएका प्रतिबद्धताहरुमा शैक्षिक क्षेत्रको विकास र विस्तारलाई वृद्धि गर्न र गुणस्तरीयता शिक्षा प्रदान गर्न सबै विद्यालयहरूमा समुचित बजेट विनियोजन गर्ने र बजेट वृद्धि गर्ने रहेका छन् ।

त्यसैगरी तुलसीपुर उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालयहरूले विभिन्न नामका शुल्क लिने र रसिद उपलब्ध नगराउने गरिएको भन्ने गुनासो आएकाले तत्काल छानबिन गरी दोषी पाइएमा कानुन बमोजिम कारबाही गर्ने,पशुपति माध्यमिक विद्यालयको जग्गा बहाल सम्बन्धमा भएको बहाल हस्तान्तरणको विषयमा छानबिन गरी यथाशक्य सत्य तथ्य पत्ता लगाई दोषी पाईएमा कानुन बमोजिम कार्बाही प्रक्रिया अगाडी बढाउने, वडा नम्बर १४ को खैसापुर क्षेत्रमा निर्माण भएको ड्यामलाई पर्यटन प्रवर्धनमा विकास गर्ने तथा उक्त क्षेत्रमा अव्यवस्थित रूपमा मदिरा बिक्री वितरण गर्ने गरेको गुनासो आएकोले सोको अनुगमन गरी नियन्त्रण गर्ने र सार्वजनिक सुनवाई कार्यक्रम नियमित गर्ने आगामी सार्वजनिक सुनुवाई कार्यक्रममा सार्वजनिक सुनवाई कार्यक्रम नियमित गर्ने आगामी सार्वजनिक सुनवाई कार्यक्रममा बृहत जनसहभागिता वृद्धि गर्ने लगायतका रहेका छन् ।

सेवा प्रदायक निकाय र सेवाग्राहीहरुको बिचमा झण्डै ३ घण्टा सम्म चलेको दोहोरो सम्बाद मार्फत उठेका प्रश्न तथा जिज्ञासाको समाधान सुनुवाईमा प्रमुख जवाफदेहि बक्ताको रुपमा आसिन नगर प्रमुख टिकाराम खड्का, नगर उपप्रमुख स्यानी चौधरी, प्रमुख प्रशासकिय अधिकृत केशवराज पार्धे, वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरुले दिएका थिए ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष खुशिराम चौधरीले स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पारेको कार्यक्रममा आर्थिक बर्ष २०८२०८३ को तेस्रो चौमासिकको प्रगति प्रश्तुतीकरण योजना बजेट अनुगमन तथा मूल्यांकन शाखा प्रमुख रमा खड्काले गरेकी थिईन् भने साबृजनिक सुनुवाई गर्नुपुर्ब संकलन गरिएको नागरिक प्रतिबेदन र बर्हिगमन अभिमत बास नेपालका सम्पर्क अधिकृत माधब कार्कीले प्रस्तुत गरेका थिए ।

योजना बजेट अनुगमन तथा मूल्यांकन शाखा प्रमुख रमा खड्काले सञ्चालन गरेको औपचारीक कार्यक्रम पश्चात अनौपचारीक कार्यक्रम अन्तर्गत खुल्ला छलफलको सहजिकरण बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गरेका थिए ।









