नेपालगन्ज वितरण केन्द्रमा नागरिक समाज

असल शासन प्रतिनिधि

नेपालगन्ज । नेपालगञ्जको बिद्युत अनियमितता बिरुद्ध नेपालगन्ज वितरण केन्द्रको ध्यानाकर्षण गराइएकोछ ।
नेपालगन्ज स्थित नागरिक समाजको अगुवाईमा आज नेपालगन्ज वितरण केन्द्र प्रमुख ई. संजय कुमार मिश्रलाई भेटेर उक्त ध्यानाकर्षण गराइएको हो ।
नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रमा भएको छलफलमा नागरिक समाजका अगुवा कृष्ण प्रसाद श्रेष्ठले विगतका बिर्षहरु बिद्युत सेवा सुधार गर्ने बारेमा प्राधिकरण प्रमुखको प्रतिबद्धता कार्यान्वयन नभएको बताए । उनले भने विगत देखि गर्मि शुरु हुदा बिद्युत धाइरहेका छौं यस बर्षपनि पुनः विगतकै निरन्तरता भएको छ । उनले कुनै पनि वाहानामा बिद्युत अनियमित हुने कुरा नागरिक समाजलाई सह्य नहुने भन्दै बितरण केन्द्र प्रमुखको ध्यानाकर्षण गराए । यसैगरी हरित अभियन्ता हेमन्तराज काफ्लेले गर्मिले आक्रान्त नेपालगन्जमा विना सुचना लाईन काटिदा बिद्यार्थीहरुलाई निकै मर्का परेको सुनाए । बास नेपालका निर्देशक हेमराज भट्टले नेपालगन्ज वितरण केन्द्र र मातहतका सबै कार्यालयहरुबाट समयमा सूचना आम नागरिक सम्म पुर्याउने गरी सुधार गर्न सुझाव दिए । उनले कार्यालयको फोनसँगै एउटा मोवाईल नम्बर समेत आम नागरिकको समस्या र गुनासो सम्बोधनका लागि सार्वजनिक गर्न माग गरे । सो क्रममा नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिब भिम रानाभाटले बिद्युत समस्या बढ्दै जादा त्यसको प्रत्यक्ष असर आम ब्यवसायिहरुमा परेको भन्दै समयमानै सुधार गर्न अनुरोध गरे ।


छलफल पश्चात बोल्दै नागरिक समाजका तर्फबाट गरिएको खबरदारी जायज भएको बताउदै वितरण केन्द्र प्रमुख ई. संजय कुमार मिश्रले ठुलो प्राविधिक समस्या बाहेक बिद्युत अनियमितताको समस्या समाधानकालागि लागि परेको बताए । उनले निरन्तर फिल्डमा खटिएर बिद्यमान समस्या सुधार गर्दै लैजाने प्रतिबद्धता गरे । उनले टोलिबाट प्राप्त सुझावलाई ध्यानमा राखी कार्यगर्ने प्रतिबद्धता गरे । सो क्रममा नागरिक समाजसँगै पत्रकारहरुको समेत उपस्थिती रहेको थियो ।

  • ६ जेष्ठ २०८३, बुधबार प्रकाशित

  • Nabintech