नेपालगञ्ज उपमहानगरपालिका रंगशाला जाने बाटो आसपास अनियन्त्रित रूपमा फोहोर थुपारिने र जथाभावी जलाइने कार्यले स्थानीय बासिन्दा तथा दैनिक आवतजावत गर्ने नागरिकहरू अत्यन्तै पीडित बनेका छन्।
विशेषगरी अपरिचित व्यक्तिहरूले राति वा सुनसान समयमा फोहोरमा आगो लगाउने गरेका कारण निस्किने धुवाँले सम्पूर्ण नेपालगञ्जको वातावरण नै प्रदूषित बनाइरहेको देखिन्छ। यसबाट मानव स्वास्थ्यमा गम्भीर असर पर्ने खतरा बढ्दै गएको छ। श्वासप्रश्वास सम्बन्धी समस्या, दम, एलर्जी, आँखामा जलन, फोक्सोको संक्रमण लगायत दीर्घकालीन प्राणघातक रोगसमेत निम्तिन सक्ने अवस्था सिर्जना भइरहेको स्थानीयको गुनासो छ।
स्थानीय बासिन्दाले पटक–पटक वडा कार्यालय तथा नगरपालिकाको ध्यानाकर्षण गराउँदा समेत सम्बन्धित निकाय मौन बसेको भन्दै आक्रोश व्यक्त गरेका छन्। जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको यस्तो संवेदनशील विषयमा तत्काल ध्यान दिई फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान गर्न, जथाभावी फोहोर फाल्ने र जलाउने कार्य रोक्न तथा दोषीमाथि आवश्यक कारबाही गर्न स्थानीयवासीले माग गरेका छन्। रंगशाला जाने बाटो आसपास अनियन्त्रित रूपमा फोहोर थुपारिने र जथाभावी जलाइने कार्यले स्थानीय बासिन्दा तथा दैनिक आवतजावत गर्ने नागरिकहरू अत्यन्तै पीडित बनेका छन्।

विशेषगरी अपरिचित व्यक्तिहरूले राति वा सुनसान समयमा फोहोरमा आगो लगाउने गरेका कारण निस्किने विषालु धुवाँले सम्पूर्ण नेपालगञ्जको वातावरण नै प्रदूषित बनाइरहेको देखिन्छ। यसबाट मानव स्वास्थ्यमा गम्भीर असर पर्ने खतरा बढ्दै गएको छ। श्वासप्रश्वास सम्बन्धी समस्या, दम, एलर्जी, आँखामा जलन, फोक्सोको संक्रमण लगायत दीर्घकालीन प्राणघातक रोगसमेत निम्तिन सक्ने अवस्था सिर्जना भइरहेको स्थानीयको गुनासो छ।
स्थानीय बासिन्दाले पटक–पटक वडा कार्यालय तथा नगरपालिकाको ध्यानाकर्षण गराउँदा समेत सम्बन्धित निकाय मौन बसेको भन्दै आक्रोश व्यक्त गरेका छन्। जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको यस्तो संवेदनशील विषयमा तत्काल ध्यान दिई फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान गर्न, जथाभावी फोहोर फाल्ने र जलाउने कार्य रोक्न तथा दोषीमाथि आवश्यक कारबाही गर्न स्थानीयवासीले माग गरेका छन्। यस तर्फ सम्बन्धिक नियको समयमै ध्यान जान जरुरी छ ।









