अछाम/बागेश्वरी धार्मिक तथा पर्यटकीय क्षेत्र बिकास समिती नागपर्वत नाडा अछाममा भगवती शाही स्मृती स्तम्भ उद्घाटन भएको छ ।
नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बास्कोटाले सो स्तम्भाको उद्घाटन गरेका हुन् ।
तुर्माखाद ४ नागपर्वतमा रहेको अति प्राचीन बागेश्वरी मन्दिर स्थापना गर्ने स्वर्गीय भगवती शाहीको सम्मान र स्म्म्झनामा सो स्तम्भ निर्माण गरिएको हो ।
समितिका अध्यक्ष लोकेन्द्र बहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी बास्कोटाले धार्मिक, पर्यटकिय क्षेत्रको रुपमा रहेको बागेश्वरी क्षेत्रको प्रचार प्रसार गर्नु पर्ने बताए ।
यसैगरी तुर्माखाद बजारमा पन्चायन स्तोत्र भजन भक्ती चिरायु माग्ने मागौँ पुस्तक बिमोचन भएको छ ।

नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बास्कोटा, तुर्माखाद गाउँपालिका अध्यक्ष डम्बर बिसि, उपाध्यक्ष बिमला शाही, लेखक लोकेन्द्र बहादुर शाह, मन्जुदेबी शाह लगायतले बिमोचन गरेका थिए । नाडा गाउँपन्चायतका पूर्व प्रधानपन्च पूर्ण बहादुर शाहीले २०२० सालमा प्रकाशन गरेको सो पुस्तक उनका छोरा लोकेन्द्र बहादुर शाहले पुनः प्रकाशन र पुनर्लेखन गरेका हुन् ।
यसैगरी पुस्तक बिमोचन कार्यक्रममा वरिष्ठ शिक्षासेबी, समाजसेवी लोकेन्द्र बहादुर शाहलाई नागरिक अभिनन्दन गरिएको थियो । नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बास्कोटाले नागरिक अभिनन्द पत्र प्रदान गरेका थिए । यसैगरी बास्कोटालाई बागेश्वरी धार्मिक तथा प्राकृतिक पर्यटकिय क्षेत्र बिकास समितीको तर्फबाट सम्मान गरिएको थियो ।









