बैतडीमा साहित्य सम्मेलन तथा अन्तर्राष्ट्रिय काव्य गोष्ठी

हेमराज भट्ट

बैतडी । बैतडीको डिलाशैनीमा दुई दिने चर्मण्वती साहित्य सम्मेलन तथा अन्तर्राष्ट्रिय काव्य गोष्ठी सम्पन्न भएको छ ।
मानसखण्ड गुरुकुलको आयोजना तथा डिलाशैनी गाउँपालिकाको प्रवद्र्धनमा चौथो संस्करणको साहित्य सम्मेलन तथा अन्तर्राष्ट्रिय काव्य गोष्ठी सम्पन्न भएको हो ।
चर्मण्वती सभ्यताको बिषयमा आम नागरिकहरुलाई जानकारी दिने, साहित्यका माध्यमबाट संस्कृतिको संरक्षण र आदानप्रदान गर्ने, स्थानीय संस्कृतिको जगेर्ना गर्ने लगायतका उद्देश्य राखेर सम्मेलन आयोजना गरिएको मानसखण्ड गुरुकुलका प्रबन्ध निर्देशक हेमबाबु लेखकले असल शासनलाई बताए ।


साहित्य सम्मेलनमा नेपाल तथा भारतका विभिन्न विधाका साहित्यकारहरुको सहभागिता रहेको थियो । साहित्य सम्मेलन तथा काव्य गोष्ठीमा साहित्यकारहरुले आ–आफ्ना प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।
गंगा दशहराको अवसरमा जेठ १२ गते मंगलबार देखि शुरु भएको सम्मेलन काव्य गोष्ठीसहित सम्पन्न भएको हो ।

  • १४ जेष्ठ २०८३, बिहीबार प्रकाशित

  • Nabintech