भ्रष्टाचारका कारण सामान्य व्यक्तिहरुको जीवन अस्त, व्यस्त

असल शासन प्रतिनिधि

नेपालगञ्ज/बासको १६ औं बार्षिक साधारण सभा तथा सामाजिक परीक्षण असोज ८ गते सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले भ्रष्टाचारले लागु पदार्थ जस्तै नशाको रुप लिएको बताए । भ्रष्टाचारले मुलुकलाई आक्रान्त बनाएको उल्लेख गर्दै उनले मानिस जन्मे देखि मरुञ्जेल सम्म मान्छेबाटै घुस, लिने, दिने कार्य गरिरहेको बताए ।

भ्रष्टाचारका कारण सामान्य व्यक्तिहरुको जीवन अस्त, व्यस्त भएको उनको भनाई थियो । उनले भ्रष्टाचार बिरुद्धको अभियानलाई सशक्त बनाउन सबैलाई अपिल गरे ।

पूर्व संबिधानसभा सदस्य तथा फातिमा फाउण्डेसनका अध्यक्ष मोहम्मदि सिद्धिकीले लोकतन्त्र संस्थागत गर्नका लागि गैससहरुले महत्वपूर्ण भूमिका खेलेको बताईन् । उनले गैससहरुलेनैं सुशासनको अभियान अघि बढाईरहेको बताए । उनले गैससहरुबाट राजनीतिक दलहरुले सिक्न जरुरी रहेको बताए ।

बाँकेका प्रहरी प्रमुख बिर बहादुर वलीले भ्रष्टाचार बिरुद्ध शुन्यसहनशिलताको बिकास गर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासँघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले तीनवटै सरकारले सुशासनलाई अवलम्वन गरे देश समृद्ध बन्ने बताए । देशलाई समृद्ध बनाउन सुशासनको अभियान सञ्चालन गरि बासले देशलाई ठूलो योगदान पुर्याएको बताए ।

बरिष्ठ पत्रकार तथा बासका सल्लाहकार पूर्णलाल चुकेले सुशासन स्थापनाका लागि गैससहरुले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको बताए । बोली र व्यवहारमा एकरुपता नहुँदा भ्रष्टाचार भईरहेको उल्लेख गर्दै बास सर्बाधिक कार्यक्रम गर्ने उत्कृष्ठ संस्था रहेको बताए ।

जिल्ला समन्वय समिति, बाँकेका सदस्य चेत बहादुर घर्तीले भ्रष्टाचार न्यूनिकरण नभए सम्म बिकास सम्भव नहुने बताए । कार्यक्रममा गैसस महासँघ नेपाल बाँकेका पूर्ब अध्यक्ष तेज बिक्रम शाह, निबर्तमान अध्यक्ष सपना भट्राई, नेपाल घरेलु तथा साना उद्योग महासँघ नगर अध्यक्ष रचना श्रेष्ठ, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, उपमहासचिव तारा रोकाय, नेपालगञ्ज वडानम्वर १८ का कार्यबाहक अध्यक्ष दिग्बििजय ढुँगाना, राष्ट्रिय मानव अधिकार आयोगकी अधिकृत द्धारिका अधिकारी लगाएतले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा बासका कार्यकारी निर्देशक नमस्कार शाहले प्रगति प्रतिबेदन, कोषाध्यक्ष छबिलाल सुनारले आर्थिक प्रतिबेदन प्रश्तुत गरेका थिए । बासका महासचिव शिब कुमार बर्माले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष लुना बुढाथोकीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

गैसस महासँघ नेपाल बाँके शाखाका सदस्य शंकर न्यौपानेले सामाजिक परीक्षणको प्रतिबेदन प्रश्तुतिकरण गरेका थिए । बास केन्द्रीय अध्यक्ष रमेश सिटौलाको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको थियो । यसैगरी सोही दिन सम्पन्न सम्पन्न बन्दशर्तले प्रगति तथा आर्थिक प्रतिबेदन गर्नुका साथै नयाँ आ.ब.को बार्षिक कार्ययोजना स्विकृत गरेको थियो ।

  • ८ आश्विन २०७६, बुधबार प्रकाशित

  • Nabintech