बढ्दो तापक्रम र कुलिङ सेन्टरको आवश्यकता

Jyoti Das, Technical Engineer, CLEAN UP NEPAL

किन नेपालगन्जमा कुलिङ सेन्टर आवश्यक छ । नेपाल कै सबैभन्दा बढी गर्मि हुने ठाउँ नेपालगन्जमा जब दिउँसोको घाम चर्किन थाल्छ नेपालगन्ज का सडकहरू तातेर चम्किन थाल्छन्। खुल्ला हिडडुल गर्दा तातो हावा (लु) ले नराम्ररी प्रभावीत बनाउदछ। नेपालगन्जको गर्मिमा मानिसहरु छायाँ खोज्दै हतार हतार हिँडिरहेका देखिन्छन्। पसल अगाडि बसेका व्यापारी बारम्बार पसिना पुछी रहेका हुन्छन्। रिक्सा चालकको अनुहारमा प्रष्ट थकान देखिएको हुन्छ । बिद्यालयबाट फर्किएका बालबालिका चर्को घाम बाट बच्न रुखको ओत खोजिरहेका दृष्यहरु प्रसस्तै देख्न सकिन्छ । नेपालगन्जको गर्मी अब सामान्य गर्मि मात्र रहेन, यो जलवायु परिवर्तनको असर हो, जसले तराईका शहरहरुलाई वर्षेनी झन् कठिन बनाइरहेको छ।
नेपालगन्जमा गर्मी सुरु भएसंगै तापक्रम अत्यधिब बढ्ने गर्दछ। अत्यधिक गर्मीका कारण heat stroke, dehydration, टाउको दुख्ने, कमजोरी हुने तथा श्वास प्रश्वास सम्बन्धी समस्या बढीरहेका छन्। विशेसगरी मजदुर, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवति महिला तथा सडकमा काम गर्ने ब्यक्तिहरु सबैभन्दा बढी प्रभावित हुने गरेका छन्। यही अवस्थामा नेपालगन्ज जस्त अत्यधीक गर्मी हुने शहरहरुमा कुलिंग सेन्टरको आवश्यकता अत्यन्त जरुरी छ ।
कल्पना गरौँ—शहरको कुनै सार्वजनिक भवन, विद्यालय, सामुदायिक हल वा सुरक्षित स्थान जहाँ मानिसहरूले केही समय आराम गर्न सकून्। जहाँ चिसो पानी उपलब्ध होस्, पंखा वा एसी चलिरहेको होस्, प्राथमिक उपचारको व्यवस्था होस्, र मानिसहरूले एक छिन भएपनि गर्मीबाट राहत महसुस गर्न सकून्। सायद त्यो सानो ठाउँ कसैको जीवन बचाउने कारण बन्न सक्छ।
दिनभर घाममा काम गरेको मजदुरका लागि त्यो केही समयको आराम हुन सक्छ। बजारमा हिड्दै गर्दा कमजोर महसुस गरिरहेकी महिलाका लागि त्यो सुरक्षित आश्रय बन्न सक्छ। जेष्ठ नागरिकहरुकालागि त्यो स्वास्थ्य बिश्राम स्थल बन्न सक्छ।
कुलिङ सेन्टर केवल चिसो कोठा होइन। यो नेपालगन्जको गर्मिमा मानिसको ज्यान बचाउने स्थान हो । बदलिदो परिष्थीतिमा सरकारले आफ्नो नागरिकको सुरक्षाकालागि गर्नै पर्ने तयारीको रुपमा यस्ता सेन्टरहरु पर्दछन् । आज विश्वभर जलवायु परिवर्तनका कारण अत्यधीक गर्मी बढीहरेको छ। नेपालगन्ज जस्ता शहरहरूले पनि अब नयाँ सोचका साथ तयारी गर्नुपर्ने समय आएको छ। विकाश केवल सडक र भवनले मात्र हुदैन, विकाश तब हुन्छ जब शहरले आफ्नो नागरिकलाई कठिन समयमा सुरक्षित राख्नसक्छ।
यदि स्थानीय सरकार, संघ संस्था, विद्यालय, युवा समूह र समुदाय मिलेर यस्ता कुलिङ सेन्टरहरु स्थापना गर्न सक्ने हो भने यसले हजारौं ब्यक्तिहरुलाई राहत दिन सक्छ। सानो प्रयासले ठुलो परिवर्तन ल्याउन सक्छ। किनकि कहिलेकाहीँ, कसैलाई बचाउन ठुलो अस्पताल होइन, केवल केही क्षणको चिसो आश्रय नै पर्याप्त हुन्छ।

 

  • २८ जेष्ठ २०८३, बिहीबार प्रकाशित

  • Nabintech