प्युठान । जिल्ला बाल अधिकार समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख धरम बहादुर जीसीको अध्यक्षतामा प्यूठान जिल्लाको पाँचौं जिल्ला स्तरीय बाल भेला, बाल क्लब सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रम खलङ्गा, प्यूठानमा सम्पन्न भएको छ।
जिल्ला समन्वय समिति, प्यूठानको आयोजना, सेभ द चिल्ड्रेन इन्टरनेसनल, पिस नेपाल तथा बाल अधिकारका लागि नागरिक संस्थाहरूको सञ्जाल लुम्बिनी प्रदेशको प्राविधिक सहयोगमा उक्त भेलाको आयोजना गरिएको थियो ।
- pinup
- mostbet
- pinco slot
- mostbet casino
- mostbet casino
- pinup
- mosbet casino
- 1win
- mostbet
- chicken road
- mostbet casino
- mosbet
- mosbet
- mostbet
- snai
- mostbet uz casino

कार्यक्रममा प्यूठान जिल्लाको समग्र बालबालिकाको अवस्था र सवालहरुको बारेमा वृहत रुपमा छलफल भएको थियो । बालबालिकाका हक हित र अधिकारका सवालहरु, बालबालिकाको अर्थपुर्ण सहभागिता, स्थानीय तहमा बाल समूह सञ्जालले खेलेका प्रयासहरुका बारेमा बालबालिकाहरुले आफ्ना अर्थपुर्ण अनुभवहरु आदान प्रदान गरेका थिए ।
बालबालिकाले भोग्नु परेका हिँसा, दुरव्यवहार, बालविवाह, बालश्रम लगायतका समस्याहरु, सामाजिक तथा आर्थिक कारणले विद्यालयको पहुचबाट बञ्चिच हुन परेको र उक्त समस्या समाधानमा बाल समूह सञ्जालले खेलेको भूमिकाहरुका बारेमा छलफल भएको थियो ।
कार्यक्रममा बालबालिकाका हक अधिकारको सुनिश्चितताको लागि सबै जिम्मेबार भएर लाग्नुपर्ने बताएका थिए । जिल्ला बाल सञ्जालले बालबालिका अधिकार प्रवर्द्धनका लागि निर्वाह गर्नुपर्ने भुमिका प्रभावकारी हुन पर्ने र यसका लागि जिल्ला बाल अधिकार समितिको तर्फबाट हर प्रयास रहने प्रतिवद्धता जिल्ला समन्वय समितिका प्रमुख जिसीले ले बताएका थिए । यसैगरी चौथो बाल भेला सम्मका विभिन्न अनुभवहरु र प्रयासहरु सहित पाँचौ जिल्ला बाल भेला पश्चात बाल क्लव सञ्जालले सक्रियतापूर्वक लाग्नु पर्ने र बालक्लव सञ्जालको क्षमता विकास, सक्रियता र बालबालिकाको हकहितका लागि नेतृत्वदायी भूमिका खेल्न बाल अधिकारका लागि नागरिक सञ्जाल लुम्बिनीले हरप्रयास गर्ने सञ्जालका सदस्य राजेन्द्र राजभणडारीले बताए ।
बाल भेलाबाट सर्वसम्मत रुपमा जिल्ला बाल सञ्जाल गठन गरिएको छ। गठित जिल्ला बाल सञ्जालको अध्यक्षमा मनोज पोखरेल चयन भएका छन् भने उपाध्यक्षमा पृथा श्रेष्ठ, सचिवमा शिक्षा बस्नेत, सहसचिवमा सिम्रन शर्मा र कोषाध्यक्षमा भेषमान कार्की चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा क्रमशः सागर गिरी, मनिषा अधिकारी र साधना शर्मा चयन भएका छन्। समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले दलित, अपाङ्गता भएका तथा यौनिक तथा लैङ्गिक अल्पसंख्यक बालबालिकालाई पछि मनोनयन गर्ने निर्णय गरिएको बताइएकोछ। जिल्ला बाल क्लव सञ्जालले विभिन्न २१ वटा मागहरु जिल्ला समन्वय समितिका प्रमुखलाई हस्तान्तरण गरी सबैको ध्यानाकर्षण गराएका छन् ।

कार्यक्रममा सामाजिक विकास डिभिजन प्रमुख रामकरण पाल, लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका महिला विकास निरीक्षक कमला ज्ञवाली, पिस नेपालका कार्यकारी निर्देशक मणि प्रसाद गैह्रे, नेपाल पत्रकार महासंघका श्रीराम भण्डारी, स्थानीय तहबाट महिला तथा बालबालिका शाखाका प्रमुख लगाएतको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन लुम्बिनी प्रदेश बाल क्लब सञ्जालकी सहसचिव शितल भण्डारीले गरेकी थिइन् ।









