सामाजिक सेवामा योगदान पुर्‍याएबापत गोवर्धन सम्झना सम्मानित

असल शासन प्रतिनिधि

नेपालगन्ज / लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एन नेपाल, एरिया नं. ४ ले नेपालगन्जमा आयोजित एक विशेष समारोहमा नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोवर्धन सम्झनालाई सम्मान गरेको छ।

सभापति सम्झनाले सामाजिक सेवा, मानवीय सहयोग तथा समुदायमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै उहाँलाई सम्मान प्रदान गरिएको हो। कार्यक्रममा वक्ताहरूले गोवर्धन सम्झनाले रेडक्रस अभियानमार्फत विपद् व्यवस्थापन, रक्तदान, स्वास्थ्य सेवा तथा विभिन्न सामाजिक क्षेत्रमा पुर्‍याएको योगदान प्रेरणादायी रहेको बताएका थिए।

लायन्स इन्टरनेशनलले समाजसेवा र मानवीय कार्यमा सक्रिय व्यक्तित्वहरूको सम्मानले सेवाभावलाई थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरेको छ।

  • ८ असार २०८३, सोमबार प्रकाशित

  • Nabintech