गैसस महासँघ नेपाल बाँके अध्यक्षमा भण्डारी

असल शासन प्रतिनिधि

नेपालगन्ज/ गैरसरकारी संस्था महासँघ नेपाल बाँकेको अध्यक्ष पदमा बास नेपालका पूर्व अध्यक्ष मन भण्डारी निर्वाचित भएका छन् ।

आज सम्पन्न १० औं अधिबेशन र २३ औं बार्षिक साधारण-सभाबाट भण्डारी अध्यक्षमा निर्वाचित भएका हुन् ।

महासँघको उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्षमा क्रमशः सीप नेपाल कोहलपुरका अध्यक्ष तारा प्रसाद खत्री रेग्मी, जय बागेश्वरी बाल संरक्षण केन्द्र राप्तीसोनारीकि अध्यक्ष तारा ओलि, रेष्ट नेपालका गणेश भट्टराई र फातिमा फाउन्डेसनकि सुबेदा फरहिन चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा बाँके युनेस्को क्लवका गुलाम गौश, दलित महिला संघ (फेडो) कि दिलिशा गौतम, बाँके नेत्रहिन संघका भाबुकजङ्ग थापा, युवा घरका शिव कुमार बर्मा, बिग्रुपकी सुसिला श्रेष्ठ, ईन्रुडेकका टिकाराम रिजाल, सहयात्रीकि अन्जना चतुर्बेदी, कमिट नेपालका प्रकाश बादी र समाज सेवा सँस्थाका बिनोद थापा निर्बिरोध निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृत केशब कोईरालाका अनुसार, १४ सदस्य प्रत्यक्ष निर्वाचित सदस्यबाट पदाधिकारी निर्वाचित भएका हुन् ।

निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई केन्द्रीय महासचिव देबि खड्काले सपथ ग्रहण गराएकी थिइन् ।

आजै सम्पन्न कार्यसमिति बैठकले रिक्त दुई सदस्यमा स्याक नेपालकि बबिता सिँह र सामुदायिक प्रहरी सेवा केन्द्रका दिपेन्द्र जोशिलाई मनोनीत गरिएको छ ।

  • १४ असार २०८३, आईतवार प्रकाशित

  • Nabintech