बाँके/ राप्तीसोनारी गाउँपालिका बाँकेको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।
बास नेपालको सहजिकरणमा सुनुवाई सम्पन्न भएको हो ।
सार्वजनिक सुनुवाईको अन्तमा ५ बुँदे प्रतिबद्धता व्यक्त गरिएको छ । व्यक्त गरिएका प्रतिबद्धताहरुमा क्रमशः बालबिबाह र बालश्रममुक्त पालिका घोषणाका लागि सञ्चालित कार्यक्रमलाई निरन्तरता दिदै आगामी आर्थिक बर्षमा यस बिषयलाई प्राथमिकरणमा राखेर काम गर्ने, स्थानीय पालिका भित्र निर्माणाधिन भौतिक संरचनाहरु अपाँगतामैत्री हुनुपर्ने कानुनी प्राबधान रहेपनि वडा नम्वर ४ मा निर्माण सम्पन्न शौचालय अपाँगतामैत्री नभएको भन्ने गुनासो आएकाले यथाशक्य सहजिकरण गरि गुनासो सम्बोधन गर्ने, बढ्दो लागु औषध दुर्व्यसन नियन्त्रणका लागि युवा तथा बिद्यार्थी लक्षित सरोकारवालाहरुको समन्वयमा अभियान सञ्चालन गर्ने, कृषि र कृषहरुको मागलाई ध्यानमा राखि प्रबिधिमैत्री कृषि कार्यलाई बढवा दिदै कृषकहरुको माग बमोजिमका कार्यक्रमलाई प्राथमिकिरण राखेर काम गर्ने, गाउँपालिकाको सेवा प्रबाहलाई थप प्रभावकारी बनाउन सबैले आआफ्नो तर्फबाट भुमिका निर्वाह गर्ने रहेका छन् ।
प्रतिबद्धताहरुमा गाउँपालिकाकी कावा अध्यक्ष मनिषा सिंह थारु, प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, वडा नम्वर ३ का वडाध्यक्ष मिन कुमार चौधरी, वडा नम्वर ५ का वडाध्यक्ष झगरु थारु, वडा नम्वर ७ का वडाध्यक्ष राम लखन थारु, वडा नम्वर ८ का वडाध्यक्ष सालिकराम डाँगीले हस्ताक्षर गरेका थिए ।
जनसम्पर्क अधिकृत माधब कार्कीले सहजिकरण गरेको कार्यक्रममा बास नेपालका निर्देशक हेमराज भट्टले स्वागत मन्तव्य व्यक्त गर्दै नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमतको नतिजा प्रश्तुत गरेका थिए ।









