सार्वजनिक सुनुवाईमा १० बुँदे प्रतिबद्धता

असल शासन प्रतिनिधि

नेपालगञ्ज / सार्वजनिक सेवा प्रभावकारिताका लागि १० बुँदे प्रतिबद्धता व्यक्त गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त सार्वजनिक सुनुवाईबाट सो प्रतिबद्धता व्यक्त गरिएको हो ।

बास नेपालको सहजिकरणमा सम्पन्न सुनुवाईको अन्तमा व्यक्त प्रतिबद्धताहरुमा दुई महिना भित्र नेपालगञ्ज उपमहानगरपालिकाको प्रशासकिय भवनको पुर्ननिर्माण गर्ने, सेवा प्रबाह र भौतिक संरचनालाई अपाँगता मैत्री बनाउने, छाडा पशु चौपाय व्यवस्थापनमा नियमित उपमहानगर सक्रिय रहेकोमा यस कार्यलाई निरन्तरता दिने, नेपालगञ्जलाई डुवान हुन नदिन पूर्णरुपमा सचेत रहने, नेपालगञ्जलाई सफा, सहर बनाउनका लागि आ–आफ्नो तर्फबाट पहल गर्ने, सार्वजनिक स्थलमा फोहर गर्ने निकाय, व्यक्तिलाई नियम बमोजिम कार्वाही गर्ने, मनोरञ्जनका नाममा खुलेका मसाज, स्पा, दोहोरी साँझ लगायतलाई नियमन गर्ने, बिकृति, बिसंगति बिरुद्ध शुन्यसहनशिलता कायम गर्ने रहेका छन् ।

यसैगरी जारी गरिएका अन्य प्रतिबद्धताहरुमा बाँके जिल्लालाई सुरक्षित, सभ्य जिल्ला बनाउन आम नागरिकका साथै सम्पूर्ण निकाय जिम्मेवार रहने, सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको प्रयोग, बेचबिखन रोकथामका लागि आवश्यक कदम चाल्ने, नेपालगञ्ज सहरलाई सुरक्षित सहर बनाउनका लागि आगामी आवमा सहरका बिभिन्न स्थानमा सिसि क्यामेरा जडान गर्ने, लागु औषध नियन्त्रणका लागि सञ्चालन भईरहेका बिभिन्न अभियान, कार्यक्रमलाई निरन्तरता दिने, पछिल्लो समय लागु औषध दुव्र्यसनमा महिलाहरु संलग्न भई बिभिन्न समस्याहरुमा परिरहेकाले जनचेतना, पुनस्र्थापनाका कार्यक्रम सञ्चालन गर्ने रहेका छन् ।

यसैगरी नगर क्षेत्र भित्रको सडक अतिक्रमण हटाउनुका साथै पैदल यात्रुहरु हिंड्ने बाटोको प्रयाप्त व्यवस्था गर्ने, आत्महत्या, लागु औषध लगायतका समस्याहरुको समाधानका लागि मनोसामाजिक मनोबिमर्श सेवाका कार्यक्रमहरु सञ्चालन गर्ने र आगामी आबमा कार्यबिधि बनाई उपमहानगर स्तरिय पुरुष सञ्जाल गठन गर्ने रहेका छन् ।

प्रतिबद्धतामा उपमहानगर प्रमुख प्रशान्त बिष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी दिल बहादुर तामांग, बाँकेका प्रहरी प्रमुख अंगुर जिसि, नेपालगञ्ज उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर बम, प्रबक्ता तथा वडा नम्वर १ काख वडाध्यक्ष प्रमोद रिजाल, वडा नम्वर ९ का वडाध्ययक्ष गोबिन्द रेग्मी लगायतले हस्ताक्षर गरेका छन् ।

बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सहजिकरण गरेको कार्यक्रममा कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत तथा उद्धेश्य माथि प्रकाश पारेका थिए । कार्यक्रममा बर्हिगमन अभिमत संकलन र नागरिक प्रतिबेदन पत्रको नतिजा प्रश्तुत गरिएको थियो ।

कार्यक्रममा उपस्थित स्थानीयहरुले सरोकारवालाहरुलाई दर्जनौं प्रश्न गरेका थिए ।

  • २३ असार २०८३, मंगलवार प्रकाशित

  • Nabintech