त्रिपुरेश्वरमा राहदानी विभागअगाडि आत्मदाहको प्रयास

असल शासन प्रतिनिधि

त्रिपुरेश्वरमा राहदानी विभागअगाडि आत्मदाहको प्रयास

काठमाडौं/ काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बिहीबार दिउँसो एक युवकले आ त्मदाहको प्रयास गरेका छन्। घट नामा गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिकाका २५ वर्षीय गणेश नेपालीको काठमाडौंस्थित अस्पतालमा उपचार भइरहेको छ।

घटनाले संघीय राजधानीमै दिनदाहडै भएको यस्तो दुःखद घटनाप्रति सर्वसाधारणलाई स्तब्ध बनाएको छ। यद्यपि, आ त्मदाह प्रयासको कारणबारे नेपाल प्रहरी वा सम्बन्धित निकायले औपचारिक विवरण सार्वजनिक गरिसकेका छैनन्।

प्रत्यक्षदर्शीहरूका अनुसार गणेश नेपाली, जो पठाओ चालकका रूपमा कार्यरत छन्, आफ्नो मोटरसाइकल राहदानी विभागको गेट नम्बर ३ अगाडि पार्किङ गरेका थिए। सोही क्रममा पार्किङको विषयलाई लिएर काठमाडौं महानगरपालिकाका नगर प्रहरी र उनीबीच विवाद भएको बताइएको छ।
विवाद बढ्दै गएपछि नगर प्रहरीले मोटरसाइकलमा ह्वील लक लगाए। त्यसपछि मोटरसाइकल नियन्त्रणमा लिएर महानगरको गाडीमा राख्ने तयारी गरिएको थियो। प्रत्यक्षदर्शीका अनुसार त्यसक्रममा गणेशले मोटरसाइकलबाट पेट्रोल निकालेर बोतलमा राख्दै मोटरसाइकल फिर्ता नदिए आफूले शरीरमा आगो लगाउने चेतावनी दिएका थिए।

तर मोटरसाइकल गाडीमा राख्ने प्रक्रिया जारी रहेपछि उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। आगोले शरीर समातेपछि घट नास्थलमा रहेका स्थानीयले तत्काल आगो निभाई उनलाई उपचारका लागि अस्पताल पठाएका थिए।

चिकित्सकका अनुसार उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको छ र उपचार जारी छ।

घटनापछि उक्त स्थानमा केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ। आ त्मदाह प्र यासको वास्तविक कारण र घट नाक्रमबारे थप तथ्य अनुसन्धानपछि मात्रै स्पष्ट हुने अपेक्षा गरिएको छ।

  • २५ असार २०८३, बिहीबार प्रकाशित

  • Nabintech