नेपालगन्जमा फोहोर व्यवस्थापनको दिगो उपाय खोजिदै

असल शासन प्रतिनिधि

बाँके/२९ असार

नेपालगन्ज उपमहानगरपालिकाको महत्वपूर्ण समस्याको रुपमा रहेको फोहोर व्यवस्थापनको दिगो उपायको खोजि हुने थालेको छ । बास नेपाल र क्लिन अप नेपालले नेपालगन्जमा सोमबार स्थानिय नेतृत्व र नागरिक संलग्नता विषयक कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका दिगो फोहोर व्यवस्थापनको रणनीति तयारीमा लागेको बताईको छ । नेपालगन्जपको फोहोर व्यवस्थापनमा स्थानीय नेतृत्व र नागरिकको भुमिका र जवाफदेहिता प्रवद्र्धन गर्ने उदेश्यले आयोजित कार्यक्रममा बोल्दै नगर प्रवक्ता तथा वडा नं. १ का वडा अध्यक्ष प्रमोद रिजालले निकट भविष्यमा नेपालगन्ज उपमहानगरपालिका सार्वजनिक निजि साझेदारी मोडलमा जाने तयारीमा रहेको बताए । उनले कानुन कार्यान्वयन मात्र फोहोर व्यवस्थापनको चुनौती नभई प्लाष्टिको विकल्प नहुनु, स्रोत साधनको अपर्याप्ता हुनु, स्थानीय नागरिकमा समेत जागरुपता नुहनु जस्ता विभिन्न समस्या रहेको बताए ।


कार्यक्रममा प्रस्तुतिकरण राख्दै क्लिन अप नेपालका कार्यकारी निर्देशक रबिन्द्र लामिछानेले हामीले प्लाष्टिको दिगो व्यवस्थापन गर्न नसके निकट भविष्यमा ठूलो समस्याको सामाना गर्नुपर्ने बताए । उनले अहिले नै प्लाष्टिकजन्य फोहोरको न्यूनिकरण, पुन प्रयोग र पुन चक्रण गर्नुपर्ने आवश्यकता रहेको बताए । कार्यकारी निर्देशक लामिछानेले नेपालको विद्यमान फोहोरको अवस्था, त्यसले पारेको प्रभाव, समाधानको उपाय र सफा नेपाल एपको बारेमा प्रस्तुतिकरण गरेको थिए ।
कार्यक्रममा बोल्दै वडा नं. ६ का वडा अध्यक्ष समीर प्रताप सिंहले फोहोर विगतको अवस्था भन्दा विस्तारै सुधार हुँदै गएको र निकट भविष्यमा यसको दिगो समाधान हुने बताए । वडा नं. २ का पुर्व वडा अध्यक्ष सुनिल सिँह हमालले नेपालगन्ज उपमहानगरपालिकाले ४ वर्ष अगाडी सरुवात गरेको प्लाष्टिक मुक्त अभियान प्रभावकारी रहेको र त्यसलाई पनु लागु गरिनुपर्ने आवश्यकता रहेको बताए ।


नेपाल उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले कडाईका साथ कानुनको पालना गर्न लगाउनुपर्ने र कानुन विपरित कार्य गर्ने जो कोहीलाई सजाय दिनुपर्नेमा जोड दिए ।
वातावरण तथा सरसफाई शाखाको प्रमुख प्रकाश डिसिले स्रोत र साधनको अभावमा धेरै कार्य गर्न नसकिएको स्थिती रहेको बताउँदै नेपालगन्जको जनसांख्यीक बनावटले समेत चुनौती थपेको बताए ।
कार्यक्रममा विभन्न वडाका वडा अध्यक्षहरु, नागरिक समाजका अगुवाहरु, विभिन्न संघसंस्थाको प्रमुख प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


कार्यक्रममा बासका कार्यकारी निर्देशक नमस्कार शाहले कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए भने कार्यक्रमको सहजिकरण बासका परियोजना अधिकृत रबिन्द्र बोहराले गरेका थिए । द कोकाकोला फाउण्डेसनको सहयोगमा नेपालगन्ज उपमहानगरपालिकामा संचालित हरित नेपालगन्ज सामुदायिक फोहोर रुपान्तरण परियोजना अन्तर्गत आयोजित कार्यक्रमको समापन बासका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले गरेका थिए ।

सोही परियोजना अन्तगर्त नेपालगन्ज उपमहानगरपालिका वडा नंं. १३ मा निमार्णधिन अवस्थामा रहेको एम आर एफको संयोक्त अनुगमन समेत गरिएको छ । नेपालगन्ज उममहानगरपालिकाबाट इन्जिनियर भुपेन्द्र बोहरा, चन्दनराज दास, गैसस, साझेदारी तथा सामाजिक विकास शाखाका प्रमुख कृष्ण प्रसाद जोशी, सरसफाई तथा वातारण प्रवद्र्धन शाखाका प्रमुख प्रकाश डिसि, क्लिन अप नेपाका कार्यकारी निर्देशक रबिन्द्र लामिछाने, बास नेपालका तर्फबाट केन्द्रीय अध्यक्ष शिव कुमार वर्मा, केन्द्रीय सदस्य बसन्ती रोकाय र कार्यकारी निर्देशक नमस्कार शाहले संयुक्त रुपमा अनगुगमन गरका थिए ।

  • २९ असार २०८३, सोमबार प्रकाशित

  • Nabintech