नेपालगन्ज/ अहिले सबैलाई महंगा सवारी साधनको मोह छ । सुबिधाका हिसावले मात्र नभई सवारी साधन आवश्यक पनि हो । अहिले चारपाङ्गे्र र मोटरसाईकलको प्रयोग सामान्य भईसकेको छ । साईकल चलाउने मान्छे भेटिन गाह्रो छ । अत्यन्तै आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुले मात्रै साईकल प्रयोग गरिरहेका छन् भने व्यायमका लागि साईकल चढ्नेहरुको संख्या न्यून छ ।
तर बाँकेका पत्रकार दिनेश ठाकुरको हकमा भने उल्लेखित कुरा लागु छैन । उनी बिगत दुई दशक देखि साईकलमै गाउँ–गाउँ पुगेर रिपोर्टिङ गरिरहेका छन् ।
बुबा तिरथ राम ठाकुर र आमा कैलाशा देवी ठाकुरको कोखबाट २०४६ साल साउन ७ गते जन्मिएका ठाकुर एउटै लयमा निरन्तर पत्रकारिता गरिरहेका छन् ।
ठाकुर बाँके जिल्लाका सक्रिय पत्रकार हुन् । उनी पत्रकारिताका अलवा सामाजिक संघ, संस्थामा समेत क्रियाशिल छन् । साधा जीवन उच्च बिचारका धनि उनी भन्छन्– मलाई साईकलमा हिंड्न न त अल्छि लाग्छ, न त गाह्रोनै । म जुनसुकै ठाउँमा सहजै साईकलमा पुगिहाल्छु ।
उनी थप्छन्– साईकलका कारणले मेरो पत्रकारितामा कुनै समस्या भएको छैन ।
२०५४ सालदेखि बाल भित्ते पत्रिकामा आवद्ध भएका ठाकुरले नेपाली एक्सप्रेस, राष्ट्रिय पश्चिम टुडे, जनमत अर्धसाप्ताहिक, मधेस वाणी संकल्प साप्ताहिक, गुड न्युज साप्ताहिक, सगरमाथा टेलिभिजन, नेपाल वन टेलिभिजन, पश्चिम सरोकार दैनिक, नव मधेश जागर हिन्दी दैनिक, सराखबर डट कम लगायत थुप्रै पत्रपत्रिका र अनलाईनमा काम गरेका ठाकुर विगत १३ वर्षदेखि लोकप्रिय सन्देश दैनिक पत्रिका र सहारा अनलाइनमा काम गरिरहेका छन् ।
उनी नेपाल पत्रकार महासंघ बाँके शाखाको निर्वाचित कार्यसमिति सदस्य हुन् । नेपाल पत्रकार महासंघको २६ औं अधिवेशनका क्रममा भएको जिल्ला अधिवेशनमा उनी कार्यसमिति सदस्य पदमा विजयी भएका थिए ।
पत्रकार ठाकुर मानव अधिकारवादी संस्था मधेश मानव अधिकार गृह (माहुरी होम) बाँके जिल्ला कार्यसमितिको अध्यक्ष समेत रहेका छन् ।
https://www.facebook.com/reel/1030967159525241









