नेपालगन्जमा बृहत सद्भाव र्‍याली

हेमराज भट्ट

नेपालगन्ज । देशभर शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले बाँकेको नेपालगन्जमा बृहत सद्भाव र्‍याली निकालिएको छ।
जिल्ला प्रशासन कार्यालय बाँकेको संयोजनमा आज आयोजित र्‍यालीमा बाँके जिल्ला स्थित धार्मिक अगुवा, प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरु, राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, उद्योगी–व्यवसायी, सञ्चारकर्मी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो।
नेपालगन्जको बिपि चौक बाट शुरु भएर सुर्खेतरोड हुदै धम्बोझि चौकमा पुगेर समापन भएको थियो । र्‍यालीको समापन कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले सद्भाव र्‍यालीमा सहभागि भइ सकारात्मक सन्देस प्रवाह गर्ने सबैलाई धन्यबाद ज्ञापन गरेका थिए ।

सुनसरी, सिराहा लगायत जिल्लाहरुमा पछिल्ला समय घटेका घटनापछि शुक्रबार जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वपक्षीय बैठकले जिल्लामा शान्ति, सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न सद्भाव र्‍याली आयोजना गर्ने निर्णय अनुरुप आज र्‍याली आयोजना गरिएको थियो ।

 

  • १६ श्रावण २०८३, शनिबार प्रकाशित

  • Nabintech