दिगो सद्भाव नीति र विधिमा खोजिनु पर्छ ।

रविन्द्र बोहरा

सद्भावको रुपमा गरिने र्‍याली, सभा, समारोह सरहानीय छ । यसमा जोडिनेहरुको मनोभावना पवित्र छ । यो कार्य गरिनु पर्छ यसमा विमति छैन । तर हालको स्थितिमा यो सद्भावको नारा समाधान हुन सक्दैन ।
सद्भावको रुपमा गरेको परिकल्पना र परिकल्पनाबाट गरेको कार्य र वास्तविकता फरक छ । सडकमा गरिने र्‍याली अहिले खोजिएको सद्भाव होइन र समाधान पनि होइन । अहिलेको परिस्थिति सिर्जना हुनुमा तपाई हामी दोषी छौँ । सडकमा गयनौँ, आन्दोलनमा सहभागी भएनौँ तर पनि यसको दोषी तपाई हामी हौँ ।
हामिले कहिले फरक दृष्टिकोणबाट सोचेन्नौँ । गहिरिएर विचार गरेनौँ ।
समय फेरिएको छ । तपाईको घर, पल्लो घर, माथिल्लो घर सबैको कोहि न कोहि विदेशमा छन । यसले आज एक समुदायको उत्पादन अर्को समुदायमा पुग्न छोडेको छ । प्रत्येक दिन ऐइँचो पैँचो चल्न छोडेको छ । एक समुदाय अर्को समुदायप्रति आश्रीत हुन छोडेको छ । परअर्थतन्त्रले समुदाय भन्दा टाढा परनिर्भरता सिर्जना गरेको छ । दाई भाईको साइनो मात्र देखावटी बाँकी छ तर व्यवहारमा निकै टाढा छ ।
पहिला समुदायमा विविधता थियो, टोल टोलका नाम थरको हिसाबमा राखिएका थिए । थरकै हिसावबले मानिसलाई पुकारिन्थ्यो तर त्यो भित्र स्नेह थियो । कारण एकसँग अर्को आश्रीत थियो । दुख र शुखमा साथ दिने प्रचलन थियो । त्यसैले आपसी मेलमिलाप थियो । तर आज त्यो रहेन । यसैको फलस्वरूप हामि होइन उ भन्ने भावना फैलिदै गयो । परिणाम स्वरुप द्वन्द्व सृजना हुने सम्भावना बढेर जान्छ।

दोस्रो महत्वपूर्ण कुरा जब समाजमा शाक्ति पृथकिकरण हुन सुरु गर्छ र एक समुदायले आफु सुरक्षित भएको महसुस गर्छ तब समुदायले आफ्नो समूह बलियो बनाउन खोज्छ र त्यहाँ राजनीतिकरण सुरु हुन्छ । हालको परिस्थितिको एक कारण यो पनि हो ।

अहिलेको युवालाई शान्त भएर बस्नु पर्छ, समुदायमा सबैको अस्तित्व स्वीकार गर्नु पर्छ भन्ने बारे अघिल्लो पुस्तालाई भन्दा बढि ज्ञान छ । यहि विषय उनिहरुले पढ्दै आएको हुन र गर्दै पनि आएका हुन । यसमा अभ्यासत पनि छ्न । तर ज्ञानलाई व्यबहारमा उतार्न सकिने भने त्यो अज्ञानता सरह नै हुन्छ । यसर्थ हाम्रो व्यवहार र काममा एक अर्काको अस्तित्व स्विकार हुदैन तब सम्म यो समस्या समाधान हुन सक्दैन ।

यो हुनुमा राज्य संचालनको विधि नै गलत छ । गरिएका केहि व्यवस्था त्रुटिपूर्ण छ्न । कुनै एक समुदायमा मात्र राज्यको उपस्थिती हुन्छ भने अर्को समुदायले असुरक्षाको महसुस गर्छ र समुदायमा द्वन्द्व सृजना हुन्छ । हालको अवस्थाको पछाडिको एक कारण यो पनि जिम्मेवार छ । सकारात्मक विभेदको नीति लोकप्रिय हो तर त्यसले अर्को समुदायलाई समेत सम्वोधन गरेको हुनु पर्छ । कुनै एउटै समुदाय र जात विशेषको यो व्यवस्था रहे सम्म समाजमा शान्ति सुरक्षा कायम हुन सक्दैन । यहि संविधान र समुदायगत बनाईका आयोग नै यो विधंसको कारण हुने छन । यहि नै यथार्थको रुपमा परिणत हुने छ ।

कहिले सम्म सद्भावको नाममा मनमा ढुंगा राखेर यथार्थको वरिपरि गएर शान्तिको झुटो खेति गर्ने हो ? वास्तविकता समस्या कहाँ छ त्यस्को खोजि गर्ने कि नगर्ने ? दिगो शान्ति सद्भावबाट होइन विधि र नीतिबाट मात्र सम्भब छ । हाम्रो नीति विधि र व्यवहार नै सन्तुलनको सिद्धान्तबाट चलेको छैन सद्भाव कसरि स्थापित हुन सक्छ ? राज्य शक्ति बाँडफाँडको असन्तुलनबाट यो समस्या सृजित छ । यसको समाधान पनि त्यहि भित्र लुकेको छ । हाम्रो नीति नै विखण्डनकारी छ हामिले एकता खोजेर कसरि यो सम्भव हुन्छ ?

  • १७ श्रावण २०८३, आईतवार प्रकाशित

  • Nabintech