नेपालगञ्ज / बोल्ने कलाको बिकास गर्न नेपालगञ्जमा आधारभुत उद्घोषण तालिमको उद्घाटन भएको छ ।

बास नेपालको आयोजनामा आज नेपालगञ्जमा उद्घाटन गरिएको कार्यक्रममा बिभिन्न संस्था, बिद्यालय कलेज तथा सरकारी कार्यालयहरु बाट सहभागीहरुको उपस्थिति रहेको थियो ।

१५ जना सहभागी रहेको आधारभुत उद्घोषण तालिमका सहभागीहरु बाट मेटाकार्डको माध्यामबाट उनीहरुको अपेक्षा संकलन गरिएको थियो भने तालिमका प्रशिक्षक मन भण्डारीले तालिमको शुरुवाती चरणमा सहभागीहरुले सिक्नुपर्ने कुराहरुको जानकारी गराएका थिए ।

उद्घाटनसत्रमा बास नेपालका केन्द्रीय सदस्य बब्लु शेषले भनाई राखेका थिए । कार्यक्रममा बास नेपालका गण्डकी प्रदेश ईन्चार्ज कमल बहादुर शाहीको पनि उपस्थिति रहेको थियो ।

बास नेपालका केन्द्रीय सदस्य बसन्ती रोकायाको अध्यक्षतामा सञ्चालन गरिएको उक्त तालिमको उद्घाटन सत्रका सहभागीहरु लाई स्वागत तथा तालिमकको औचित्यमाथि बास नेपालका परियोजना अधिकृत रबिन्द्र बोहराले प्रकास पारेका थिए । कार्यक्रम सञ्चालन बास नेपालका जन सम्पर्क अधिकृत माधव कार्कीले गरेका थिए ।
तालिम १८ गते शोमवार देखी २४ गते आईतवार सम्म दिनको २ बजे देखि ४ बजे सम्म सञ्चालन हुनेछ ।









