रिसाङमा पहिरोमा परि १ को मृत्यु, दुई जना बेपत्ता, ६ घाइते

असल शासन प्रतिनिधि

नेपालगञ्ज / वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा परी घाईते भई उपचार कोहलपुर मेडिकल कलेज पुर्याइएका रिसाङ सालघारीका ५२ वर्षीय केदार कार्कीको मृत्यु भएको छ ।
त्यसैगरी पहिरोमा परी दुई जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा सोही वडाको फारुलाका ५४ वर्षीय उमासिंह खत्री र चिसापानीका ७७ वर्षीय भीमबहादुर कार्की रहेका छन् ।
उक्त पहिरोबाट घाईते भएका ६ जना मध्ये केहीलाई नेपालगञ्ज, सुर्खेतको बिरेन्द्रनगर र केहीलाई जिल्ला अस्पताल जाजरकोटमा उपचार भैरहेको छ ।
घाइते हुनेहरूमा वडा नं २ का ६० वर्षीय रामबहादुर शाही, ५७ वर्षीय भद्राकली कार्की, ४५ वर्षीय सिद्धिबहादुर कामी, ४५ वर्षीय मनवीर चँदरा, ४७ वर्षीय मोतिकला विक र १६ वर्षीय मनिषा विक रहेका छन् ।
बेपत्ता खत्री र कार्कीको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल सेना र स्थानियको सक्रियतामा खोजी कार्य भैरहेको छ ।

  • ३१ श्रावण २०८३, आईतवार प्रकाशित

  • Nabintech