बर्दिया । चर्दै गरेको अवस्थामा विद्युत पोलबाट करेन्ट लागेर दुई भैंसीको घटनास्थलमै मृत्यु भएको छ ।
गुलरिया नगरपालिका-४ तुलापुर स्थित चर्दै गरेका अवस्थामा करेन्ट लागेर दुई भैंसीको शुक्रबार दिउँसो मृत्यु भएको हो । विद्युत पोलबाट करेन्ट लागेर गुलरिया नगरपालिका-७ का बैजनाथ यादवको दुई भैंसीको मृत्यु भएको छ ।

करेन्ट लागेर भएका भैंसी सकिएपछि पीडित परिवार चिन्तित बनेको छ । विद्युत प्राधिकरणले पिडित परिवारलाई उचित क्षतिपुर्ति उपलब्ध गराउनुपर्ने स्थानीयको माग छ । नेपाल विद्युत प्राधिकरण गुलरिया वितरण केन्द्रको लापरवाहीले गर्दा दुःखद घटना भएको भन्दै गुलरिया नगरपालिका-४ तुलापुर स्थित आक्रोसित सर्वसाधारणले प्रदर्शनसमेत गरेका थिए । गुलरिया वरिपरि विद्युतिय तार अव्यवस्थित रहेकोले अन्य यस्ता घटना हनसक्ने जोखिम बढेको सर्वसाधारणको भनाई छ ।
जोखिमयुक्त विद्युतिय फलामको पोल र अव्यवस्थित तार तत्काल व्यवस्थित गर्न सर्वसाधारणले विद्युत प्राधिकरण गुलरिया वितरण केन्द्रसंग माग गरेका छन् ।









