लुम्बिनी प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

असल शासन प्रतिनिधि

लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले मंगलबार दिउँसो ३स्३० बजे मन्त्रीहरूलाई शपथ ग्रहण गराए।

बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा दीपेन्द्रकुमार पुनले स्वास्थ्य मन्त्री, इन्द्रजित थारूले आर्थिक मामिला तथा योजना मन्त्री र कृष्णकुस्मा थारूले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीका रूपमा शपथ लिए।
शपथ ग्रहण समारोहमा मुख्यमन्त्री आचार्य, पूर्वमुख्यमन्त्री जोखबहादुर महरा सभामुख तुलाराम घर्ती मगर र उपसभामुख मेनुका खाँड केसी लगायतको उपस्थिति थियो।

नेपालको संविधानको धारा १६८ ९९० बमोजिम मुख्यमन्त्री आचार्यको सिफारिसमा प्रदेश प्रमुख घर्ती मगरले सोमबार मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए। पुनर्गठनअन्तर्गत तुलसीप्रसाद चौधरीलाई वन वातावरण तथा पर्यटन मन्त्रालय रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय सन्तोषकुमार पाण्डेयलाई सहरी विकास ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्रालय रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र भण्डारीलाल अहिरलाई आन्तरिक मामिला कानुन उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यसअघि स्वास्थ्य मन्त्रालयको नेतृत्व गरि सकेका घिमिरेलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यसअघि कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय सम्हालेका चौधरीलाई वन वातावरण तथा पर्यटन मन्त्रालयको जिम्मेवारी तोकिएको छ। त्यसैगरि यसअघि सामाजिक विकास मन्त्रालयको नेतृत्व गरेका पाण्डेयलाई सहरी विकास ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ।

मुख्यमन्त्रीसहित नेकपा (एमाले) बाट चार नेकपा (नेपाली कम्युनिष्ट पाटि) र जनता समाजवादी पार्टी (जसपा) नेपालबाट दुई जना मन्त्री रहने गरी भएको सहमतिअनुसार मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो।

संघीय तहमा आएको राजनीतिक परिवर्तनसँगै लुम्बिनी सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि (नेपाली कम्युनिस्ट पार्टी) सँग सत्ता साझेदारीको बाटो खुलेको थियो। ८३ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका २९, नेपाली कांग्रेसका २७ र नेकपाका १३ जना सांसद छन्। त्यसैगरी जसपा नेपालका पाँच राष्ट्रिय प्रजातन्त्र पार्टीका चार जनमत पार्टीका तीन राष्ट्रिय जनमोर्चाका एक र एकजना स्वतन्त्र सदस्य छन्।

  • ९ भाद्र २०८३, मंगलवार प्रकाशित

  • Nabintech