काठमान्डौं / सामाजिक संघ संस्थाहरूको बिहिवार बसेको बैठकको निर्णय र प्रतिवद्दताको विषयमा जानकारी गराउँदै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री माननीय सीता बादीलाई गैसस महासंघ नेपालका अध्यक्ष अर्जुन भट्टराईले लिखित जानकारी पत्र हस्तारण गरेका छन् ।
रसुवा नुवाकोट र धादिङमा बाढिबाट भएको क्षतिका सम्बन्धमा गैरसरकारी संस्था महासंघमा बसेको नागरिक संघ सस्थाहरुको बैठकबाट बिभिन्न सामुहिक प्रतिबद्धता सहितको निर्णय गरि माननिय सिता बादीलाई हस्तान्तरण गरिएको हो ।

बाढिबाट ज्यान गुमाउने सम्पुर्णप्रति हार्दिक श्रद्धाञ्जली तथा शोक सन्तप्त परि।वारजनमा समबेदना ब्यक्त गर्दै बेपत्ताको शिघ्र खोजी कार्य तथा उद्धार, घाईतेको उपचार र आबश्यक सहयोगका लागि राष्टिय अन्तरराष्टिय समुदायमा अपिल गर्ने, जिल्ला समन्वय समिति ,गठन गर्ने, रसुवा,नुवाकोट र धादिङमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैससहरुलार्य एकद्धार प्रणालीमार्फत परिचालन गर्न सम्बन्धीत बिपद ब्यवस्थापन तथा स्थानिय तहसँग प्रभावकारी समन्वयका लागि समन्वय समिति गठन गर्ने, संघसंस्था परिचालन, संघ सस्था बिवरण संकलन फाराम मार्फत एकीकृत डाटाबेश तयार गरी सरकारी निकाय सँगको समन्वयमा आबश्यक्ता अनुसार संघ संस्था परिचालन गर्ने, एकीकृत प्रतिकार्य सबै संघ सस्थाहरुले सरकार, स्थानिय तह, बिपद ब्यवस्थापन समिति, महासंघ सँग समन्वय गरी ब्यवस्थित र प्रभावकारी रुपमा मानबयि सहयोगमा योगदान गर्ने, बिपदको समयमा मानबिय समबेदनामा आँच पुग्ने, त्रास सिर्जना गर्ने, गलत सुचना तथा अफवाह फैलाउने खालका कुनै पनि सुचना संंम्प्रेषन नगर्ने, बिपद फोकल पर्सन महासंघको समग्र समन्वयका लागि उपाध्यक्ष राजेन्द्र शर्मालाई बिपद फोकल पर्सन तोक्ने, सुचना तथा समन्वय बिपद सम्बन्धी सुचना संकलन तथा सचिवालय समन्वयका लागि योगेश काफ्लेले समन्वय गर्ने निर्णय सहित को सामुहिक प्रतिबद्धता हस्तान्तरण गरिएको थियो ।









