भोटेकोशी बाढीमा ९०३ जनाको शव फेला, १० हजार ४५१ जनाको उद्धार

असल शासन प्रतिनिधि

काठमाडौं / रसुवाको भोटेकोशीमा आएको बाढीमा परेका ९ सय ३ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार बिहान ९ वजे सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म ९ सय ३ जनाको सव भेटिएको हो ।

प्राधिकरणका अनुसार अहिलेसम्म ४ हजार २ सय २७ जना सम्पर्कविहीन रहेका छन् भने १० हजार ४सय ५१ जनाको उद्धार भएको छ । पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ अस्पतालमा राखिएको छ । २सय ६७ जना घाइते भएकोमा १ सय ५६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

उद्धार, राहत तथा पुनस्थापनमा २० हजार ८सय १९ सुरक्षाकर्मी खटिएका छन् । जसमा नेपाली सेना ८ हजार ७ सय २२, नेपाल प्रहरी ७ हजार ८९ सय ४ र सशस्त्र प्रहरी ४ हजार २सय ३ जना खटिएका छन् ।

  • १५ भाद्र २०८३, सोमबार प्रकाशित

  • Nabintech