भारतिय अग्रवाल परिवारले गरे भोटेकोशी बाढिपिडितलाई सहयोग

असल शासन प्रतिनिधि

नेपालगञ्ज / भोटेकोसी नदीमा आएको बाढी पहिरोमा परी बेपत्ता बाँकेको एक दम्पत्तिका आश्रित परिवारका लागि छिमेकी मुलुक भारतको एक अग्रवाल परिवारले मानवीय सहयोगको हातेमालो गरेको छ ।

बाँकेको कोहलपुर नगरपालिका –१२ निवासी वीरेन्द्र जोशी र उनकी श्रीमति सत्या जोशी गत भदौ १० गतेदेखि सम्पर्कविहीन छन् ।

उनको आश्रित परिवारलाई भारत उत्तरप्रदेश, लखिमपुर खिरि निवासी समाजसेवी केशवराम अग्रवालले नेपालगन्जका व्यवसायी सकिल अहमद जसगढमार्फत १ लाख भारतीय रुपिया सहयोग प्रदान गरेका हन् ।

आज प्रमुख जिल्ला अधिकारी दिनकुमार तामाङको उपस्थितिमा जसगढले उक्त रकममध्ये एक लाख नेपाली रुपिया जोशी परिवारलाई हस्तान्तरण गरे । बाँकी ६० हजारको आवश्यक सामाग्री पीडित परिवारले खरिद गर्न भुक्तानी गरिने उनले बताए ।

जोशीका तीन सन्तानमध्ये जेठा छोरा सन्तोषले उक्त रकम आफ्ना अभिभावक मामासहित जिल्ला प्रशासन कार्यालय बाँकेमा ग्रहण गरेका हुन् ।

  • २५ भाद्र २०८३, बिहीबार प्रकाशित

  • Nabintech