काठमाण्डौं । भोटेकोशी बाढीबाट घरबार तथा आफन्त गुमाएका प्रभावित परिवारलाई लक्षित गरी शुभ सन्देश सभा नेटवर्क–नेपाल, बाँकेले राहत सामाग्री वितरण गरेको छ ।
नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ९ का भोटेकोशी बाढी प्रभावित परिवार तथा विद्यार्थीलाई १ करोड ३७ लाख ९ हजार बराबरको खाद्यान्न, लत्ताकपडा, दैनिक उपभोग्य सामग्री, गमबुट, जुत्ता, महिला तथा पुरुषका लत्ताकपडा, त्रिपाल, कम्बल, गद्दा, विभिन्न भाँडाकुँडालगायत स्टेसनरी सामग्री वितरण गरेको आयोजकले जनाएको छ ।

विदुर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष हरिराम भण्डारीको उपस्थितीमा वितरण गरिएको राहतबाट करिब ७ सय प्रभावित परिवार र १ हजार ५ सय विद्यार्थी लाभान्वित भएको जनाएको छ ।
राहत वितरणको क्रममा शुभ सन्देश सभा नेटवर्कका अध्यक्ष डा. डक्ट प्रसाद धितालले विपद् सकिएपछि पनि प्रभावितको दुःख नसकिने भएकाले तत्कालीन राहतसँगै उनीहरूको आत्मबल बढाउन सहयोग गरिएको बताए ।










