धनगढी । बहु–सरोकारवाला नागरिक संलग्नता पैरवी मञ्च सुदुरपश्चिम प्रदेशका सदस्यहरुका लागि आयोजित दुई दिने तालिम सम्पन्न भएको छ ।
नागरिकको अर्थपूर्ण, समावेशी र सक्रिय सहभागिता सुनिश्चिताका लागि पैरबी गर्ने उद्धेश्यले गठन गरिएको मन्चले दुई दिने तालिमको अन्त्यमा सुदुरपश्चिम प्रदेशमा मुख्य मुद्धाहरुको पहिचान र प्राथमिकिकरण निर्धारण गरिएको छ । प्राथमिकिकरण गरिएका मुद्धाहरुमा युवा नीति निर्माण तथा स्थानीयकरण, लागु औषध दूब्यसनी बिरुद्ध सचेतना अभिबृद्धी गर्ने, स्थानीय पाठ्यक्रममा नागरिक शिक्षा समाबेश गर्न पहल गर्ने र लक्षित बर्गको पहुँच सरकारसम्म पुर्याउन अभियान सञ्चालन गर्ने रहेका छन् । मन्चले प्राथमिकिकरणमा पारिएका मुद्धाहरुलाई पैरबीका लागि प्रमाण सहित रणनीति तयार गरि सरोकारवालाहरुसँग संवादको माध्यमबाट पहल गर्ने साझाँ प्रतिबद्धता गरिएको छ ।

तालिम समापन सत्रमा बोल्दै कार्यक्रमका अतिथि शिक्षा विकास तथा समन्वय इकाइ कैलालीका प्रमुख जिवन न्यौपानेले नागरिक शिक्षाको बिषय स्थानीय पाठ्यक्रममा समाबेश गर्दा त्यसको प्रभाव सबैमाझ पर्ने भएकाले प्रभावकारी पैरबी हुने बताए । शिक्षा विकास तथा समन्वय समिति मार्फत पैरबी मन्चलाई आवश्यकता अनुसार पूर्ण सहयोग गर्ने प्रतिबद्धता गरे ।
कार्यक्रममा बोल्दै अतिथि सामाजिक विकास मन्त्रालयका बिन्दु चटौतले एड्भोकेसी प्लेटफर्मको आवश्यकता रहेको जनाउदै प्लेटफर्म सबैको साझाँ मन्च बन्ने बिश्वास ब्यक्त गरे । प्लेटफर्म मार्फत उठान गर्ने बिषयमा सामाजिक विकास मन्त्रालयले आवश्यकता अनुसार सहकार्य गर्ने प्रतिबद्धता गरे ।

प्रदेश राजधानी धनगढीमा दुई दिन सम्म चलेको तालिममा एडभोकेसी प्लेटफर्मको आवश्यकता, मुद्धा पहिचान र कार्यान्वयन रणनितिका विभिन्न बिषयमा युएनडिपी नेपालका युवराज आचार्य, इना केरुङ्ग र बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेका थिए ।
स्वीस सरकार विकास सहयोग एसडीसीको सहयोग तथा युएनडिपी नेपालको साझेदारीमा बास नेपालद्धारा सञ्चालीत लोकतान्त्रीक सहभागिता प्रबद्र्धनकालागि नागरिक संलग्नता अभिबृद्धी परियोजना अन्तरगत तालिम आयोजना गरिएको हो । तालिममा सुदुरपश्चिम प्रदेशका विभिन्न क्षेत्रका २५ जना प्लेटफर्म सदस्यहरुको सहभागिता रहेको थियो ।









