मुन्ना, तिम्रो थप उपचार हुन्न

असल शासन प्रतिनिधि

नेपालगञ्ज / बजरङ्ग रिसोलिङ्ग ट्रेडर्सका कामदार थप उपचार, न्याय र क्षतीपुर्तीको खोजीमा बिभिन्न निकायमा धाईरहेका छन् ।

कोहलपुर नगरपालिका वडा नम्बर १४ हवल्दारपुरमा सञ्चालित उक्त ट्रेडर्समा कार्यरत बिरगंंज १ छपकैयाका ३२ बर्षिय मुन्नाबावु सा कानु काम गर्दै गर्दा मेसिनमा परि दाहिने हातको बुढि औंला बाहेकका अरु चार वटै औंलाहरु काटिएका थिए ।

प्लाष्टिकका दाना बनाउने कम्पनीका मुन्ना १ महिना जति काम गरेर बिरगंज गएका र पुन कामका लागि भाद्र १४ गते बिहान कम्पनीमा पुगेको र आएकै समयबाट काममा लागेको भएपनि कम्पनीको साहुले पुन राती पनि काममा खटाएकोमा काम गर्दै गर्दा राती १० बजे मेसीन हात परि हातका औंलाहरु काटिन पुगेको मुन्नाले बताए ।

काटिएका रगताम्बे हातका र्औलाहरु देखाउँदै असल शासन प्रतिनिधि सँग कम्पनीका मालिकले घटना पश्चात नेपालगञ्ज स्थित सञ्जीबनी हस्पिटलमा उपचारमा लिएर काटिएका हातमा सर्जरी गरी उपचार गराएको तर घाउमा ड्रेसिङ थप औषधी उपचारमा ध्यान नदिदा हातका औंलाहरुको अबस्था झनै खराब भएको दुख ब्यक्त गरे । मुन्ना भन्छन् हात पनि काटियो, कम्पनी बाट पनि साहुले निकालिदिए अब म के गर्ने ?

प्रचलित कानुन बमोजिम क्षतीपुर्तिको माग गर्दै बिभिन्न निकायमा भौतारिरहेका मुन्नाको समस्याको बारेमा बुझ्न बजरङ्ग रिसोलिङ्ग ट्रेडर्सकाका सञ्चालन रमेश जैसवाल नम्बरमा फोन गर्दा फोन उठाएनन्।
मुन्नाले काम गरेको पैसा समेत नपाएको र उक्त कम्पनीले कामदारको बिमा र सम्झौता बिनै काममा लगाएको बुझिएको छ ।

  • १४ आश्विन २०८३, बुधबार प्रकाशित

  • Nabintech