भेरी साहित्य समाजमा मिना

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ भेरी साहित्य समाज केन्द्रीय समिति अध्यक्षमा मिना बराल निर्वाचित भएकि छन् ।

शनिबार सम्पन्न समाजको २४ औं साधारणसभा तथा ८ औं केन्द्रीय अधिबेशनबाट बराल अध्यक्षमा निर्वाचित भएकि हुन् । निकटम प्रतिद्धन्द्धि महानन्द ढकाललाई पराजित गर्दै बराल अध्यक्षमा निर्वाचित भईन् । बरालले ४२ मत प्राप्त गरेकि थिईन् भने ढकालले ३७ मत प्राप्त गरेका थिए ।

अन्य पदाधिकारी र सदस्यहरु निर्बिरोध निर्वाचित भएका थिए । जसमा वरिष्ठ उपाध्यक्ष इश्वरीप्रसाद रिजाल बर्दिया, उपाध्यक्षहरु क्रमशः महेन्द्र चन्द महासागर सुर्खेत, भरतबहादुर रानाभाट बाँके, डा. चक्रप्रसाद अधिकारी कैलाली, महासचिव सुन्दर गुरुङ, सचिव पुष्पमणी प्रधान र कोषाध्यक्ष श्री ताराकुमारी खत्री रोकाया लगायत सदस्यहरु निर्बिरोध निर्वाचित भएका थिए ।

समाजका अध्यक्ष इन्द्रबहादुर बस्नेतको अध्यक्षता र प्राज्ञ सनत रेग्मीको प्रमुख आतिथ्यमा अधिबेशन सम्पन्न भएको थियो ।

  • १७ आश्विन २०८३, शनिबार प्रकाशित

  • Nabintech